उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ? आज वर्षा: यी प्रदेशमा बढी सम्भावना                
समाचार :

पटुकाले घाँटी कसेर श्रीमानकाे हत्या, एक महिला पक्राउ

श्रीमानको घाँटी थिचेर हत्या गरेकाे आराेपमा जिल्लाकाे छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपाली पक्राउ परेकी छन्।

उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए।

रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

उनकाअनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर आफ्नो श्रीमानलाई मारेको बयान दिएकी छिन्।

सार्की दम्पतीले झगडा गर्नुअघि रक्सी सेवन गरेका थिए। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्।

लक्ष्मीलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित