बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

पटुकाले घाँटी कसेर श्रीमानकाे हत्या, एक महिला पक्राउ

श्रीमानको घाँटी थिचेर हत्या गरेकाे आराेपमा जिल्लाकाे छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपाली पक्राउ परेकी छन्।

उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए।

रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

उनकाअनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर आफ्नो श्रीमानलाई मारेको बयान दिएकी छिन्।

सार्की दम्पतीले झगडा गर्नुअघि रक्सी सेवन गरेका थिए। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्।

लक्ष्मीलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित