बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता पाल्पामा १९ वर्षीया पद्मा सुनारकाे हत्या गर्ने सार्वजनिक जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन एमाले रुपन्देहीको अधिवेशन जेठमा नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

  • सडकका सबै टिकट काउण्टर बसपार्कभित्र सारिने
  • बुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
    बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
    उनका अनुुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा १ घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।


    यस्तै बैठकले बुटवलमा सञ्चालन हुनेगरी थप १ सय ८४ इरिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
    ‘बुटवलमा १४ सय ४० वटा इरिक्सा सञ्चालन गर्ने भनिएको छ, यसअघि १२ सय ५६ वटा इरिक्सा दर्ता हुन आएकोमा बाँकी १ सय ८४ वटा इरिक्सा दर्ताका लागि आह्वान गर्ने निर्णय भयो, उनले भने–जसअनुसार बुटवलमा बसोबास गरिरहेका आफ्नै नाममा इरिक्सा भएका, सवारी चालक अनुमति पत्र भएका र बीमा गरेका विपन्न र स्वरोजगार भएका रिक्सा दर्ता गरिनेछ र इन्धनबाट चल्ने रिक्सालाई पनि व्यवस्थापन गर्ने निर्णय भयो ।’
    यस्तैगरी, बुटवल क्षेत्रमा ब्लो हर्न बजाउन निषेध गर्ने, मोडीफाई गरेका, स्वरुप परिवर्तन गरेका मोटरसाईकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ ।
    बुटवल क्षेत्रमा बस, जीप, इरिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुले एकीकृत रुपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
    बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयसहित, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार