इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो…                
समाचार :

एमाले सरकार गठनको अदृष्य प्रयासमा छैनः उपाध्यक्ष पौडेल

बुटवल  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निमाउने बताए ।
बुटवल कालिका क्याम्पसको ९ औं वाषिकोत्सवमा शुक्रबार संवोधन गर्दै नेता पौडेलले भने, ‘एमाले सरकार गठनको खेलमा लागेको छैन । सत्ता गठबन्धनसँग पनि बहुमत त छैन । तर, बहुमतको नजिक छ । त्यस कारणले हामी चाहन्छौं गठबन्धनले जोडजार गरेर बहुमत पु¥याई सरकार बनाओस । हामी प्रतिपक्षमा रहन्छौं ।’


माओवादी केन्द्रसँग सरकार गठनका लागि एमाले कुनै छलफल नगरेको समेत पौडेलले स्पष्ट पारे । ‘जनमतको हिसावले एमाले एक नम्बर पार्टी हो’ पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छ । एमालेको अग्रता र शिष्टतालाई कसैले चुनौती दिन सक्दैन । तर, प्राविधिक रुपमा केही सिटले हामी दोस्रो भएका हौं ।’
सत्ता गठबन्धनसँग एक्लै लडेर एमाले अहिले अवस्थामा आउनु ठूलो सफलता भएको पौडेलको भनाइ छ । निर्वाचनको एमालेले छिटटै समिक्षा गर्ने पनि पौडेलले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले एमाले सरकारमा रहँदा वा प्रतिपक्ष रहे पनि रुपन्देहीको विकासलाई कनै अफ्टयारो नपर्ने पौडेलले बताए । सबैसँग एकताबद्ध भएर यस क्षेत्रको रुपन्देहीको विकासमा आफू सधै लाग्ने पौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित