श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

एमाले सरकार गठनको अदृष्य प्रयासमा छैनः उपाध्यक्ष पौडेल

बुटवल  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निमाउने बताए ।
बुटवल कालिका क्याम्पसको ९ औं वाषिकोत्सवमा शुक्रबार संवोधन गर्दै नेता पौडेलले भने, ‘एमाले सरकार गठनको खेलमा लागेको छैन । सत्ता गठबन्धनसँग पनि बहुमत त छैन । तर, बहुमतको नजिक छ । त्यस कारणले हामी चाहन्छौं गठबन्धनले जोडजार गरेर बहुमत पु¥याई सरकार बनाओस । हामी प्रतिपक्षमा रहन्छौं ।’


माओवादी केन्द्रसँग सरकार गठनका लागि एमाले कुनै छलफल नगरेको समेत पौडेलले स्पष्ट पारे । ‘जनमतको हिसावले एमाले एक नम्बर पार्टी हो’ पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छ । एमालेको अग्रता र शिष्टतालाई कसैले चुनौती दिन सक्दैन । तर, प्राविधिक रुपमा केही सिटले हामी दोस्रो भएका हौं ।’
सत्ता गठबन्धनसँग एक्लै लडेर एमाले अहिले अवस्थामा आउनु ठूलो सफलता भएको पौडेलको भनाइ छ । निर्वाचनको एमालेले छिटटै समिक्षा गर्ने पनि पौडेलले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले एमाले सरकारमा रहँदा वा प्रतिपक्ष रहे पनि रुपन्देहीको विकासलाई कनै अफ्टयारो नपर्ने पौडेलले बताए । सबैसँग एकताबद्ध भएर यस क्षेत्रको रुपन्देहीको विकासमा आफू सधै लाग्ने पौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित