निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिलोत्तमा मेला: कुस्ती हेर्न झुम्मिए दर्शक

रुपन्देही । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए ।
कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप रहेको मेलामा विहीबार कुस्ती प्रतियोगितामा १६ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए । यीमध्ये दुई जना महिला पनि कुस्तीमा भिडेका थिए । कुस्ती प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।
यसैबीच बुधबार चर्चित गायक गायिका हेमन्त शर्माले मेलाका दर्शकलाई छमछमी नचाए । उनले आफ्ना आधा दर्जन चर्चित गीतहरु गाउँदा दर्शकहरु उठेर छमछमी नाचेका थिए । त्यस्तै गायक गायिकाहरु शिलु भट्टराई, आरती रुचाल, मधु परियार, उद्घोष तथा गायक नारायण लेकाली, दिपु मगर लगायतले दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । गायक रमेशराज भट्राईले नाईट कन्सर्टमा दर्शकलाई झुमाए । बुधबारको नाईट कन्सर्टमा रचना रिमालको प्रस्तिुति रहेको थियो ।
आयोजकका अनुसार शुक्रबार चर्चित गायक कुलेन्द्र विक, धनबहादुर गुरुङ, रेनु राना, विष्णु श्रीपाली तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने छ । नाइट कन्सर्टमा रुपक डोटेल रहने छन् । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका कार्यक्रम पनि चलिएरहेका छन् ।
यसैबीच मेलामा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा लिटिल स्टार बोर्डिङ स्कुल पहिलो भएको छ । त्यस्तै लिटिल प्याराडाइज बोर्डिङ दोस्रो र तृतीय न्यू इन्भारमेन्ट बोर्डिङ स्कूल भयो । सान्त्वना स्थान प्यारामाउण्ट बोर्डिङ स्कुलले हात पार्यो ।
मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको सहआयाजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेको उनले बताए ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलामा बिहीबार करिब ६० हजार दर्शक उपभोक्ताले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । पछिल्ला दिनमा दर्शक उपभोक्ताको चाप बढ्दै गएपछि स्टलधनी समेत उत्साहित भएको मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । मेलामा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीहरुलाई प्राथमिकता दिइएको जीएमले उल्लेख गरे । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् ।
तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । दर्शकको चाप अनुसार मेलाको अवधि केही दिन थप्न सकिने पनि आयोजकले बताएका छन् ।
यसैबीच मेलामा २४ गते शनिबार ब्याडमिण्टन प्रतियोगिता पनि राखिएको छ । मेलामा खुल्ला जिल्ला स्तरीय बी लेभल ब्याडमिण्टन प्रतियोगितमा २०७९ संचालन हुने खेल ब्यवस्थापन उपसमिति संयोजक विवश थापा मगरले जानकारी दिए । यसअघि टिमहरुलाई पत्र पठाउँदा खुल्ला जिल्ला स्तरीय बी लेभल मेन डबल ब्याडमिण्टन प्रतियोगितमा २०७९ लेख्नुपर्नेमा अन्यथा भएकोले त्यसलाई सच्याइएको थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित