अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

रुपन्देहीका १५६ उम्मेदवारको जमानत जफत

बुटवल । रुपन्देहीका प्रतिनिधि र प्रदेशसभा निर्वाचनका एक सय ५६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत प्राप्त गरेका प्रतिनिधी सभाका ७३ जना र प्रदेश सभाका  ८३ जनाको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका पाँच निवाचन क्षेत्रबाट दुई सय तीन जना उम्मेदवार बनेका थिए ।

निर्वाचनमा नौ जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने तीन जनाको उम्मेदवारी खारेजी भएको थियो ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको  जमानत जफत हुने व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ अनुासर प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवथा अनुसार  जिल्लाको क्षेत्र नम्बर १ मा १७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर २ मा १२ जना, ३ मा २० जना, ४ मा १० र क्षेत्र नम्बर ५ मा १४ जना उम्मेदवारको जमानत जफत भएको प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा , बासुदेव घिमिरे, दीपक बोहरा, र सर्वेन्द्रनाथ शुक्लाले भने जमानत जोगाउनुभएको छ । यस्तै उम्मेदवारहरु बालकृष्ण खाण, घनश्याम भुसाल, प्रमोद कुमार यादव, भरतकुमार शाहको पनि जमानत जोगिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार