सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

रुपन्देहीका १५६ उम्मेदवारको जमानत जफत

बुटवल । रुपन्देहीका प्रतिनिधि र प्रदेशसभा निर्वाचनका एक सय ५६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत प्राप्त गरेका प्रतिनिधी सभाका ७३ जना र प्रदेश सभाका  ८३ जनाको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका पाँच निवाचन क्षेत्रबाट दुई सय तीन जना उम्मेदवार बनेका थिए ।

निर्वाचनमा नौ जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने तीन जनाको उम्मेदवारी खारेजी भएको थियो ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको  जमानत जफत हुने व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ अनुासर प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवथा अनुसार  जिल्लाको क्षेत्र नम्बर १ मा १७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर २ मा १२ जना, ३ मा २० जना, ४ मा १० र क्षेत्र नम्बर ५ मा १४ जना उम्मेदवारको जमानत जफत भएको प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा , बासुदेव घिमिरे, दीपक बोहरा, र सर्वेन्द्रनाथ शुक्लाले भने जमानत जोगाउनुभएको छ । यस्तै उम्मेदवारहरु बालकृष्ण खाण, घनश्याम भुसाल, प्रमोद कुमार यादव, भरतकुमार शाहको पनि जमानत जोगिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित