कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समिकरण पुरा

भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समिकरण पूरा भएको । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम र साइग्लोबल स्कूल, भैरहवा सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा विजयी हुँदै काशी नोबल र शान्ति नमूना सेमिफाइनल पुगेका हुन् । काशीले जेसिज इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई ८ विकेट र शान्ति नमूनाले ग्रिनप्लान्ट इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई १ सय ३९ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय १८ रन बनायो । उसका लागि सागर कुँवरले ४८, गौरव शुक्लाले २७ र निश्चल भुसालले ११ रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले ४, अभिनव कार्की, आदित्य शर्मा र सुजन रानाभाटले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले १९ दशमलव ४ ओभरम २ विकेटको क्षतिमा १ सय १९ रन बनायो । काशीका लागि सुप्रित घिमिरेले नटआउट ३८, सक्षम कार्कीले ३७, प्रज्वल चौधरीले १९ र सोनाम लामाले नटआउट १६ रन बनाए । बलिङमा जेसिजका सनम पाण्डे र निशान्त बस्यालले समान १–१ विकेट लिए । खेलमा काशीका सुप्रित घिमिरे म्यान अफ द म्याच घोषित भइ ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल बनायो । उसका लागि सागर भण्डारीले ३०, रोशन बश्यालले २१ र नविन भण्डारीले १२ रनको योगदान दिए । बलिङमा ग्रिनप्लान्टका प्रशिद्ध अर्यालले २ तथा अनिस भुसाल, आकाश केवट, अंकित चापागाईं र सिर्जन चापागाईले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ग्रिनप्लान्ट १०.१ ओभरमा सबै विकेट गुमाएर १३ रमनै समेटियो । उसका लागि प्रद्धिश अर्यालले ६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका रोशन बश्यालले ४ ओभरमा २ मेर्डन राख्दै २ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । यस्तै, रुविन पराजुलीले ४ विकेट लिए । खेलमा शान्ति नमूनाका रोशन बश्याल म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । मंसिर २४ गतेसम्म संचालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित