सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

लुम्बिनीमा १० दलले कटाए ‘थ्रेसहोल्ड’

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाउँदा लुम्बिनी प्रदेशमा भने १० राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधिसभाका २६ र प्रदेशसभाका कुल ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा समानुपातिकमा थ्रेसहोल्ड कटाउने दलहरु प्रतिनिधिसभाभन्दा लुम्बिनी प्रदेशमा बढी देखिएका छन् । अब लुम्बिनी प्रदेशसभा १० राजनीतिक दलको प्रवेश हुने छ । प्रत्यक्षतर्फ भने प्रदेशमा ८ राजनीतिक दलले मात्रै निर्वाचन जितेका छन् ।

संविधानको व्यवस्था अनुसार प्रदेशमा ‘थ्रेसहोल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा ३२ दलले निर्वाचनमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो । जसमा १० वटा दलले २८ हजार ३०६ मत (१.५ प्रतिशत) ल्याएर थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ ।

लुम्बिनीमा समानुपातिकबाट ३५ जना सांसद चुनिँदै छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै (३० प्रतिशत) ५ लाख ७० हजार ९२१ मत पाउँदै नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले लुम्बिनी प्रदेशसभामा ११ सिटसम्म पाउनेछ ।

प्रदेशमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ प्रतिशत अर्थात् ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ । काँग्रेसले ९ देखि १० सीटसम्म पाउनेछ । १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सिट पाउने बताइएको छ । उसले कुल मतको १० प्रतिशत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत अर्थात् १ लाख २७ हजार ४५२ मत ल्याएको छ । उक्त पार्टीले दुई सिट पाउनेछ ।

१ लाख २५ हजार ५२१ अर्थात् ६ प्रतिशत मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सीट पाउने आयोगले जनाएको छ । ४ प्रतिशत अर्थात् ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत अर्थात् ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सिट पाउने जनाइएको छ ।

प्रदेशमा थ्रेसहोल्ड कटाएका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सीट पाउनेछन् । लुम्बिनीका ५२ प्रत्यक्षतर्फका सिटमध्ये नेकपा एमालेले १८, नेपाली कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले निर्वाचन जितेका छन् भने जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन् छैनन् । प्रदेशमा कुनै दलको पनि बहुमत नआएकाले सरकार मिलिजुली बनाउनु पर्ने देखिन्छ । पाँच दलीय गठबन्धनको पनि बहुमत छैन । त्यसैले ठूला दलले सरकार बनाउन चाहे साना दलको भर पर्नुपर्ने देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित