ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक रुपन्देही फेशन रनवे-२०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीलाई उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण                
समाचार :

लुम्बिनीमा १० दलले कटाए ‘थ्रेसहोल्ड’

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाउँदा लुम्बिनी प्रदेशमा भने १० राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधिसभाका २६ र प्रदेशसभाका कुल ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा समानुपातिकमा थ्रेसहोल्ड कटाउने दलहरु प्रतिनिधिसभाभन्दा लुम्बिनी प्रदेशमा बढी देखिएका छन् । अब लुम्बिनी प्रदेशसभा १० राजनीतिक दलको प्रवेश हुने छ । प्रत्यक्षतर्फ भने प्रदेशमा ८ राजनीतिक दलले मात्रै निर्वाचन जितेका छन् ।

संविधानको व्यवस्था अनुसार प्रदेशमा ‘थ्रेसहोल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा ३२ दलले निर्वाचनमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो । जसमा १० वटा दलले २८ हजार ३०६ मत (१.५ प्रतिशत) ल्याएर थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ ।

लुम्बिनीमा समानुपातिकबाट ३५ जना सांसद चुनिँदै छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै (३० प्रतिशत) ५ लाख ७० हजार ९२१ मत पाउँदै नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले लुम्बिनी प्रदेशसभामा ११ सिटसम्म पाउनेछ ।

प्रदेशमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ प्रतिशत अर्थात् ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ । काँग्रेसले ९ देखि १० सीटसम्म पाउनेछ । १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सिट पाउने बताइएको छ । उसले कुल मतको १० प्रतिशत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत अर्थात् १ लाख २७ हजार ४५२ मत ल्याएको छ । उक्त पार्टीले दुई सिट पाउनेछ ।

१ लाख २५ हजार ५२१ अर्थात् ६ प्रतिशत मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सीट पाउने आयोगले जनाएको छ । ४ प्रतिशत अर्थात् ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत अर्थात् ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सिट पाउने जनाइएको छ ।

प्रदेशमा थ्रेसहोल्ड कटाएका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सीट पाउनेछन् । लुम्बिनीका ५२ प्रत्यक्षतर्फका सिटमध्ये नेकपा एमालेले १८, नेपाली कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले निर्वाचन जितेका छन् भने जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन् छैनन् । प्रदेशमा कुनै दलको पनि बहुमत नआएकाले सरकार मिलिजुली बनाउनु पर्ने देखिन्छ । पाँच दलीय गठबन्धनको पनि बहुमत छैन । त्यसैले ठूला दलले सरकार बनाउन चाहे साना दलको भर पर्नुपर्ने देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित