तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तिलोत्तमामा नेवारी खाजा महोत्सव

बुटवल ।
नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का कार्यवाहक वडाध्यक्ष नारायण बश्याल, कार्यपालिका सदस्य लक्ष्मी गिलेले उद्घाटन गर्दै संस्कृति संरक्षणको महत्वपूर्ण पाटोका रुपमा महोत्सव भएको बताए । नेवार समुदायमा खाने खानाहरु वैज्ञानिक, मौसम र समयसापेक्ष हुने समाजका अध्यक्ष खिमनारायण श्रेष्ठले बताए । शरिरलाई बाहिरी मौसमबाट बचाउने लाभदायक खानाहरु नेवारी समुदायमा खाने प्रचलन रहेको उनले बताए । ‘चिसो मौसम शुरु भएपनि तातो खानाका परिकार खाने प्रचलन रहेको छ ।’– उनले भने । चामलको पिठोबाट बनाईने एक खाने परिकार योमरी हो । नयाँ बाली भित्र्याइएको चामललाई मसिनो गरि पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी पर्वका रुपमा नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रण राखिन्छ । यसलाई वाफमा पकाएर तयार गरिन्छ । महोत्सवमा योमरी र आलुका परिकार महोत्सवमा राखिने उनले बताए । नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरेको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए । तिलोत्तमा नगरमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा दुई वर्षअघि भिमसेन नेवाः समाजको स्थापना भएको सचिव सितु प्रसाद श्रेष्ठले बताए । आगामी दिनहरुमा नेवारी कन्याहरुको ईहि (बेलविवाह), नया वर्ष (न्यु दया भिन्तुना), गाईजात्रा लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
महोत्सवमा एक सय रुपैयामा योमरी र आलुको अचार उपलब्ध रहेको संयोजक कृष्णा श्रेष्ठले बताईन । समाजमा तिलोत्तमा नगरका २५ घरधुरीहरु आवद्ध रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित