रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

तिलोत्तमामा नेवारी खाजा महोत्सव

बुटवल ।
नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का कार्यवाहक वडाध्यक्ष नारायण बश्याल, कार्यपालिका सदस्य लक्ष्मी गिलेले उद्घाटन गर्दै संस्कृति संरक्षणको महत्वपूर्ण पाटोका रुपमा महोत्सव भएको बताए । नेवार समुदायमा खाने खानाहरु वैज्ञानिक, मौसम र समयसापेक्ष हुने समाजका अध्यक्ष खिमनारायण श्रेष्ठले बताए । शरिरलाई बाहिरी मौसमबाट बचाउने लाभदायक खानाहरु नेवारी समुदायमा खाने प्रचलन रहेको उनले बताए । ‘चिसो मौसम शुरु भएपनि तातो खानाका परिकार खाने प्रचलन रहेको छ ।’– उनले भने । चामलको पिठोबाट बनाईने एक खाने परिकार योमरी हो । नयाँ बाली भित्र्याइएको चामललाई मसिनो गरि पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी पर्वका रुपमा नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रण राखिन्छ । यसलाई वाफमा पकाएर तयार गरिन्छ । महोत्सवमा योमरी र आलुका परिकार महोत्सवमा राखिने उनले बताए । नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरेको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए । तिलोत्तमा नगरमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा दुई वर्षअघि भिमसेन नेवाः समाजको स्थापना भएको सचिव सितु प्रसाद श्रेष्ठले बताए । आगामी दिनहरुमा नेवारी कन्याहरुको ईहि (बेलविवाह), नया वर्ष (न्यु दया भिन्तुना), गाईजात्रा लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
महोत्सवमा एक सय रुपैयामा योमरी र आलुको अचार उपलब्ध रहेको संयोजक कृष्णा श्रेष्ठले बताईन । समाजमा तिलोत्तमा नगरका २५ घरधुरीहरु आवद्ध रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार