भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

राजधानी गएसंगै दाङमा सामान्य कोठालाई २२ सय बढि मूल्य लिन नपाउँने

डेरा सारे जसरी बुटवलबाट लुम्बिनी प्रदेशको दाङमा सामान लगेपछि हालै दाङको राप्ती गाउँपालिको भाडामा दिने कोठाको मुल्य तोकेको छ । स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालयहरु र प्रदेश सभा भवन समेत बनिसकेको अवस्थामा गाउँपालिकाले त्यहाँ बस्न जानेहरुका लागि न्यूनत्तम २२ सय रुपैयाँ कोठा भाडा लिने पाउने गरी राप्ती गाउँपालिकाले भाडामा दिने कोठाको मूल्य तोकेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कार्यपालिका बैठक मार्फत कोठा भाडा निर्धारण गरिएको बताए ।
‘अब यहाँ कर्मचारीहरु, प्रदेश सभाका सदस्यहरुले कोठा भाडामा लिएर बस्नुपर्ने भएकाले सहुलियत दरमा कोठाको भाडादर तोकेका छौ । यसले कर्मचारीहरुलाई सहज र प्रदेश सभा सदस्यहरुका लागि समेत सहज हुनेछ’ उनले भने ।
उनका अनुसार अटेचसहितको राम्रो कोठा भाडामा कर बाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय मूल्य घरबेटीले लिन पाउनेछन् । त्यो भन्दा बढी मूल्यमा कोठा भाडामा नलगाउन उनले सवै गाउँपालिकाबासीलाई अपिल समेत गरे ।
यता स्थायी राजधानीमा सामानहरु ल्याउन थालेसंगै देउखुरी क्षेत्रमा सरसफाई कार्यलाई तिब्र पारिएको छ । प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबायाँ दुबै तर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ ।

‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत व्यवहार अपरिहार्य छ’– अध्यक्ष बिष्टले भने ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’ राजधानी क्षेत्र परिसरभित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्व सम्हालेका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा केसीले घाँस काटेर सरसफाइ अभियानको शुरुवात गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित