बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

टोप बहादुर रायमाझीले बनाए अर्घाखाँची एमालेको किल्ला

जिल्लामा विकासको लहर ल्याउने एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट लगातार चौथो पटक निर्वाचित भए । तीनवटै क्षेत्र एमालेले जितेपछि अर्घाखाँची एमालेको किल्ला बनेको छ ।

माओवादी पृष्ठभूमिबाट २०६४, ०७० र ०७४ मा चुनाव जितेर पटकपटक मन्त्री र उपप्रधानमन्त्री भएका रायमाझीले यसपालि ५ दलीय गठबन्धनबाट उम्मेदवार कांँग्रेस नेतृ पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले पराजित गरे । चारवटै चुनावमा कांँग्रेस उम्मेदवारसँग उनको प्रतिष्पर्धा रह्यो ।

पहिलो संविधानसभा चुनावमा मतदानको तीन दिन अगाडि एमालेबाट उम्मेदवार चेतनारायण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर आन्तरिक रुपमा रायमाझीलाई सघाए । बावुराम भट्टराई निकट रायमाझीले पटकपटक मन्त्री हुने अवसर पाए । भट्टराइले माओवादी छाडेर नयाँ शक्ति गठन गर्दा पुष्पकमल दाहालले उपप्रधानमन्त्री पद दिएर रायमाझीलाई माओवादीमै राखे । नेकपा विभाजनपछि दाहाललाई छाडेर केपी ओलीतिर लागे ।

मन्त्री र सांसद हुँदा रायमाझी जिल्लामा महिनैपिच्छे आएर गाउँमा बस्न रुचाउने नेता हुन् । एमालेतिर लागेपछि उनको सांसद पद गुम्यो । त्यसपछि गाउँमै बसेर आफ्ना माओवादीलाई आफुतिर तान्ने र एमाले कार्यकर्तासँग परिचय, भेटघाट, छलफलमा सक्रिय रहे । विवाह, पुजापाठमा नाचेरै रमाए । गाउँमा मान्छेको निधन हुँदा घाटमा र घरमा सान्तना दिए । पार्टीको बैठक र स्वास्थ्य उपचार बाहेक अरुबेला जिल्लामै बसे ।

आफुलाई धोका दिएको भन्दै माओवादी कार्यकर्ताले रायमाझीको तीव्र आलोचना गरेका थिए । ५ दलीय गठबन्धन भएकाले रायमाझीले जित्न नसक्ने धेरैको अनुमान थियो । तर, उनले एमालेको समानुपातिक भोट भन्दा ५ हजार २ सय २५ बढी लोकप्रिय मत ल्याएर चुनाव जिते । ०७४ को चुनावमा माओवादी, एमाले र राष्ट्रिय जनमोर्चा सहितको वाम गठबन्धनबाट उनी सहित प्रदेशसभा–१ बाट चेतनारायण आचार्य र २ बाट रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए । अहिले पनि उनै तीन जना उम्मेदवार थिए । सबै क्षेत्र एमालेले नै जित्यो ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका ६ पालिकाको १२ पदमध्ये ३ वटा पद मात्रै एमालेले जितेको थियो । त्यसमा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसका प्रवेश गरिन् । अहिलेको चुनावमा ८ पद र जिसस एमालेले जित्न सफल भएपछि रायमाझीकै कारण राम्रो परिणाम आएको भन्दै एमाले वृत्तमा थप चर्चा पाए । संसदीय चुनावमा रायमाझीको छविकै कारण जित्न सकिएको एमाले नेता बताउँछन् । यसरी एमालेले एक्लै चुनाव लडेर तीनवटै सिट जितेको अर्घाखाँचीमा पहिलो हो । २०७० को चुनावमा तत्कालिन क्षेत्र नं. २ बाट एमालेका डा.. दुमन थापाले एकल जितेका थिए ।

२०६४ सालदेखि हालसम्म चुनावमा मात्रै होइन, अरु बेलाका हरेक कार्यक्रममा पनि रायमाझीले विकासका कुरा धेरै गर्छन् । उनले राजनीतिक भाषण खासै गर्दैनन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, पोखरा–सुर्खेत सडक, मदन भण्डारी, नौमुरे बहुउद्देश्यी परियोजना सहित गाउँका सडक कालोपत्रे गर्ने, मथुरा र पाणिनीमा कृषि कलेज, स्कुल, स्वास्थ्य संस्थाको भवन, धार्मिक शक्तिपीठका मन्दिर सहित थुप्रै पूर्वाधार निर्माण गरेको दावी गर्छन् ।

पूर्वाधार विकास, अर्घाखाँची अस्पताललाई ५० बेडको बनाउने, काठको पोलमुक्त, विद्युत सवस्टेशन निर्माण, पर्यटकीय पूर्वाधार निर्माण, खानेपानी, सिचाइ लगायत जिल्लाका साना र ठूला सञ्चालित विकास योजना, बजेटको कुरा गरिहरन्छन् । अहिले कृषि, पर्यटनबाट सयौं युवालाई स्वरोजगार बनाउने उनले नारा अघि सारेका छन् ।

यसपालि पनि भैरहेका कामलाई निरन्तरा दिंदै नयाँ काम गर्दै अर्घाखाँचीलाई विकास र सृमद्धिमा नमूना जिल्ला बनाउने आफ्नो अभियानलाई साथ दिन भन्दै मत मागे । भेटघाट, कार्यक्रम र छलफलमा विकास र समृद्धिको जिल्लाको विवरण नै भन्ने र धेरै बजेट पार्ने भन्दै विकासका सपना सधैं बाँडिरहन्छन् । यसपालिको चुनावमा गठबन्धन दलले सामाजिक सञ्जाल, चुनावीसभा र भेटघाटमा तीव्र आलोचना गरेपनि असफल भए ।

चौथो पटक निर्वाचित भएपछि विकासवादी नेताको छवि भएका रायमाझीले अब विकास र समृद्धिको युग भएकाले विकासका काम गरेर नमूना जिल्ला बनाउने काममा लाग्ने बताए । चुनाव जितेपछि ५० वर्षसम्म एमालेले मात्रै चुनाव जित्ने दावी गरे ।

गठबन्धनबाट उम्मेदवार बनेकी काँंग्रेस नेतृ पुष्पा भुसाल गौतमलाई चुनावमा भोट माग्न आउने र विकासका काममा कुनै योगदान नरहेको भन्दै गाउँमा प्रचार गरेर मतदाता आफुतिर आकर्षित गरेर रायमाझी निर्वाचित भए ।

२०६४ मा काँग्रेसका मानबहादुर विश्वकर्मा, ०७० र ०७४ का काँग्रेसकै डा. रामबहादुर बिसी प्रतिष्पर्धामा रहे । २०१५ सालमा कांग्रेस नेता सुवर्ण समशेरले उम्मेदवारी दिएर जिल्लामा नआई काठमाडौंमै बसेर जितेका थिए । २०४८ र ०५१ म तत्कालिन क्षेत्र नं. १ बाट रेवतीप्रसाद भुसाल, २ बाट ढुण्डिराज शास्त्रीले चुनाव जितेर मन्त्री भएका थिए । २०६४ सालमा तत्कालिन क्षेत्र नं. २ बाट कांग्रेस नेतृ पुष्पा भुसाल गौतमले चुनाव जितिन् । अरु सबै चुनावमा कांग्रेस उम्मेदवार पराजित भएका छन् । संगठन कमजोर बन्दै गएको र पार्टीभित्रको अन्तरघातकै कारण काँंग्रेस चुनावमा पराजित हुँदै आएको छ । अहिले गठबन्धन दलको समर्थन भएर पनि कांग्रेसले जित्न सकेन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार