एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली                
समाचार :

तिलोत्तमाको मेलामा राजु र आशाले मनोरन्जन दिलाए

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए ।
विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । आईतबार मेलामा गायक गायिक राजु परियार, आशा बिसी, दिपक दर्लामी, अनिल पहाडी तथा डान्सर प्रिती पासवानले भरपुर मनोरन्जन दिएको मेलाका सास्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए ।
मेलमा विभिन्न नृत्य प्रतियोगितमा समेत चलिरहेको छ । मेलामा सोमबार चर्चित गायक गायिका पुस्कल शर्मा, रितु थापा, विष्णु सिंजाली, सम्झना रणपाल, डान्सरहरु प्रिती पासवान, बिनीता शाही लगायतको प्रस्तुति रहने पराजुलीले जानकारी दिए ।
तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।
मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित