अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

तिलोत्तमाको मेलामा राजु र आशाले मनोरन्जन दिलाए

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए ।
विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । आईतबार मेलामा गायक गायिक राजु परियार, आशा बिसी, दिपक दर्लामी, अनिल पहाडी तथा डान्सर प्रिती पासवानले भरपुर मनोरन्जन दिएको मेलाका सास्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए ।
मेलमा विभिन्न नृत्य प्रतियोगितमा समेत चलिरहेको छ । मेलामा सोमबार चर्चित गायक गायिका पुस्कल शर्मा, रितु थापा, विष्णु सिंजाली, सम्झना रणपाल, डान्सरहरु प्रिती पासवान, बिनीता शाही लगायतको प्रस्तुति रहने पराजुलीले जानकारी दिए ।
तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।
मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार