रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना                
समाचार :

प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया

  प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ ।
संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो ।
जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई प्रतिजैविक प्रतिरोध भनिन्छ । कार्यक्रममा त्यस्ता औषधिको समुचित प्रयोग नहु“दा हुने असर के के हुन् र त्यसलाई कम गर्न के गर्नुपर्छ भन्नेबारेमा छलफल भएको थियो ।
विभिन्न कारणले स’क्ष्म जीव बलियो भई एन्टिमाइक्रोबियल औषधिले काम गर्न छोडेको अवस्था अर्थात् स’क्ष्म जीवलाई औषधिले जित्न नसकेको अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ । प्रतिजैविक अर्थात् एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर संक्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, आफूखुसी औषधि प्रयोग गर्ने चलन लगायतले प्रतिजैविक प्रतिरोध हुने गर्दछ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले प्रतिजैविक प्रतिरोधलाई जनस्वास्थ्यको चुनौतीका रूपमा व्याख्या गरेको छ । यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनेको छ । यद्यपि यसबारे प्रचारप्रशार र चेतना प्रवाहको काम सुस्त छ ।
संचारिका समूह लुम्बिनी प्रदेशको आयोजना एवं स्वास्थ्य मन्त्रालय लुम्बिनी र हर्ड इन्टरनेशनलको सहकार्यमा भएको अन्तरक्रियामा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका २५ जना पत्रकारको सहभागिता थियो । जसमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल, हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक शुशिल बराल, मत्स्य तथा पशुपंक्षी  निर्देशनालयका प्रमुख परवेज आलम, वन तथा वातावरण मन्त्रालयका नारायणदेव भट्टराई लगायतले सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित