नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली

  • `
  • बुटवल । सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ । मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाइ सहि मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ ।
    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्ने बक्ताहरुले मिडियाले समाजका लागि थप योगदान गर्न आग्रह गरे ।
    साधारणसभाको उद्घाटन गर्दै कांग्रेस नेता तथा गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले अब नेताका भाषणमात्रै देखाएर,उनीहरुका अन्तर्वार्ता मात्रै लिएर मिडिया नचल्ने दाबी गरे । उनले जनताका समस्या,समाजिक मुद्धा र विकास निर्माणमा भएका भ्रष्ट्राचारका कुरालाई बाहिर ल्याएरसमाजलाइ सहि मार्गमा डोहोर्याउनुपर्नेमा जोड दिए ।
    नेता भण्डारीले जनताबाट चुनिएर गएका जनप्रतिनिधि पार्टी भन्दा माथि भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए ।
    रुपन्देही क्षेत्र न २(१) बा प्रदेशसभा सदस्यमा निर्वाचित भोजप्रसाद श्रेष्ठले संविधानले दिएको प्रादेशिक स्वायत्ततालाई केन्द्रले अधिकार दिन नसक्दा प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकेको बताए । उनले रुपन्देहीमा रहेको प्रदेश राजधानीका संरचना हतारमा दाङ सार्न नहुने बताए ।
    प्रदेश सरकार जनताको नजिकको सरकार भएपनि प्रदेश सरकार अधिकार सम्पन्न नहुँदा जनताले चाहे जस्तो काम गर्न नसकेको उनको भनाई छ ।
    नेकपा एमालेका नेता समेत रहेका श्रेष्ठले राजनीतिक , प्रशासनिक संघीयता आएपनि वित्तिय संघीयता र सन्तुलनको अभावमा प्रदेशलाई ठिक ढङ्गले अघि बढ्न नसकेको बताए ।
    बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजनले जनताको सूसुचित हुने अधिकारलाई प्राथमिकता दिँदै आवाज विहिनहरुको आवाज बनेको बताए । उनले नेपाल भरि प्रशार भएता पनि टेलिभिजनले लुम्बिनी प्रदेशलाई कार्य क्षेत्रका रुपमा लिएर कार्यक्रम र समाचारलाई प्राथमिकता दिएको उल्लेख गरे ।
    अध्यक्ष ज्ञवालीले प्रदेशकै उत्कृष्ट टेलिभिजनका रुपमा बुद्ध सामुदायिक टेलिभिजनलाई स्थापित गर्न सफल भएको बताउँदै समावेशी सिद्धान्तहरुलाई आधार मानेर जनशक्ति उपलब्ध भएसम्म विभिन्न भाषका कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको बताए ।
    साधारणसभामा टेलिभिजनका पुर्व अध्यक्ष बेन बहादुर पौडेल क्षेत्री, पृथबहादुर फौंदार, सल्लाहाकार रामचन्द्र ढकाल, कानूनी सल्लाहकार प्रध्यापक डा. बुद्ध बहादुर थापा ,उपाध्यक्ष गोपाल ज्ञवाली,संचालन सदस्य नारायण नागिला,टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्दै टेलिभिजनले सामाजिक उत्तरदायित्व अन्तर्गतको अभियान चलाइरहेको भन्दै सफलताको कामना गरे ।
    सो अवसरमा अध्यक्ष ज्ञवाली र कोषाध्यक्षको प्रतिबेदन पारित भएको छ ।
    बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली 
    यसैबिच शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।
    मनोनयनमा दिएका निर्बतमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक डा बुद्ध बहादुर थापाले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध चयन भएका छन् ।
    त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल,दुर्गा नेपाल, रणबहादुर खनाल, रामबहादुर थापा, डोलराज बस्याल, घनश्याम तिवारी निर्वाचित भएको थापाले बताए । टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो । उद्घाटन सत्र नेपाली कांग्रेसका नेता ,प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सरोकारवाला ब्याक्तिहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी निकायका अधिकारीहरु, जनप्रतिनिधि, टेलिभिजनका संचालन सदस्य,कर्मचारी तथा मिडियाकर्मीहरुको सहभागिता रहेको थियो । त्यस्तै गरि पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा पृथबहादुर फौदार,प्र्रदीप उदय सदस्य रहेको निर्देशन समिति समेत गठन भएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार