बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने अवस्था छैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् ।

नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारीले सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए । उनले उमेरभन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए ।

कांग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले विभिन्न दलका सांसदहरुले प्रधानमन्त्री बनाउने भएकाले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न नहुने बताए ।

कांग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै त्यो समूह र पार्टी नेताहरूबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए । ‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होईन, यो बिषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्नहुन्न’, उनले भने ।

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारी आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए ।

नेता भण्डारीले राजनीतिमा पनि थुप्रै समस्याहरू रहेकाले समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित