मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने अवस्था छैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् ।

नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारीले सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए । उनले उमेरभन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए ।

कांग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले विभिन्न दलका सांसदहरुले प्रधानमन्त्री बनाउने भएकाले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न नहुने बताए ।

कांग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै त्यो समूह र पार्टी नेताहरूबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए । ‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होईन, यो बिषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्नहुन्न’, उनले भने ।

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारी आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए ।

नेता भण्डारीले राजनीतिमा पनि थुप्रै समस्याहरू रहेकाले समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित