रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

कर्ण शाक्यले भने–‘नेपालीहरु जनताबाट नागरिक बनेनन्’

बुटवल ।
वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ ।
“राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु जनता भए । तर, देश गणतन्त्रमा आईपुग्दा पनि जनताहरु नागरिक बन्न सकेका छैनन्”–शाक्यले भने । “हाम्रो देशमा नागरिक नै छैनन् भन्छु म त” उनले भने, ‘अब नागरिक उत्पादन गरेर देशमा योगदान गर्ने अभियानमा छु ।”
रोटरी क्लव अफ बुटवलको ३० औं स्थापना दिवस समारोहमा बोल्दै उनले जनतालाई नागरिक बनाउन नागरिक शिक्षा अपरिहार्य भएको बताए । युवा भनेको जाँगर र जोशको खम्बा तथा भविष्यको आशा र विश्वास भएकाले युवालाई राजनीतिक दलको कार्यकर्ता मात्रै नभई नागरिक बनाउन आवश्यक रहेको शाक्यको भनाई छ ।
“उमेरले ८२ पुगियो, अब कति नै बाँचिएला र, जति बाँचिन्छ मानिसहरुमा सकारात्मक सोच पैदा होस् भन्ने अभियानकै लागि समय दिन्छु”–शाक्यले भने, “अब १० वर्ष मात्रै काम गर्न सके भनेपनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ र देशलाई योगदान हुन्छ भन्ने लागेको छ । १० वर्ष मेरो व्यक्तिगत हिसाबमा लामो अवधि होला, तर देशका लागि लामो अवधि होइन ।”
देशले आर्थिक उन्नति नगर्नुमा, विदेशीको हस्तक्षेप बढ्नुमा नेताहरु मात्रै नभई जनता पनि दोषी रहेको उनको भनाई छ । अरुलाई गाली गरेको सुनेर रमाउने र आफैँ पनि अर्कालाई गाली गर्नै तम्सिने हाम्रो स्वभाव विकास र उन्नतिको बाधक भएको शाक्यको निष्कर्ष छ ।
“हामीलाई अरुले गर्नुपर्ने सबै थाहा छ, फलानोले यसो गर्नुपथ्र्यो, उसो गर्नुपथ्र्यो भन्छौँ’ शाक्यले भने, “तर, आफूले गर्नुपर्ने केही पनि थाहा छैन ।” “केही बुद्धिजीविहरुलाई गाली गर्नबाहेक केही आउँदैन, यस्ता गाली गर्ने, जता पनि नकारात्मक मात्रै खोज्ने बुद्धिजीविबाट मुलुकले के पाउँछ ?” शाक्यले प्रश्न गरे, “समर्थन र हौसलाको चलन नै भएन, राम्रोलाई राम्रो भन्न सकौँ, अब सोच बदलौँ ।”
संस्कृतिविद समेत रहेका शाक्यले राजनीतिले धेरै क्षेत्र तहसनहस भएको भन्दै राजनीति नघुसेकै कारण रोटरी जस्तो पवित्र संस्था यहाँसम्म आइपुगेको बताए । “हरेक क्षेत्रमा राजनीति घुसेर अस्तव्यस्त हुँदा पनि रोटरीमा घुसेन, यसमा राजनीति घुसाउनु पनि हुँदैन”–शाक्यले भने ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी गरिरहेको बताए । बेलबास र मोतीपुरमा १६ बेडमा दुई अस्पताल निर्माणका लागि टेण्डर भएको र सुरक्षित मातृत्व, जेष्ठ नागरिकको सम्मान जस्ता कार्यमा नगरपालिकाले काम गरिहेको बताउँदै उनले भौतिक विकास सँगसँगै मानवीय विकास पनि जरुरी रहेको बताए ।
क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सदस्य ज्ञानेन्द्र कसजू, एजी दिनेश पौडेल, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, क्लवका सचिव लालहरि पाण्डे, रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष भरत रानालगायतले रोटरी विशुद्ध सामाजिक संस्था भएकाले यसको गरिमालाई सबैले बाचय राख्नुपर्नेमा जोड दिएका थिए ।
त्यस अवसरमा विभिन्न अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै पत्रकार ललित पाण्डेलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार