रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी

बुटवल  । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै अधिकांसले सहज न्याय प्राप्तीको लागि सामुहिक रुपमा लाग्नुपर्ने बताएका हुन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल ईजालास रजिष्ट्रार अच्युत कुईकेल ले अपाङ्गता हुदैमा संविधान तह व्यवस्था गरिएको न्यायमा सहज पहुँचताका लागि आफ्नो सहयोग कुनै पनि कमी नहुने बताएका थिए । उनले यति कतै बाट अपाङ्गता भएकै करण न्याय नपाएको भन्ने गुनासो आएमा त्यसको समस्या समाधानका लागि आफुले जुन सुकै तहबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुको न्यायका लागि प्रहरी, प्रशासन तथा अन्य निकायले समेत समस्याको सुनवाई नगरेमा आफुहरुले यो विषयलाई गम्भिररुपमा लिएर काम कारवाही अगाडी बढाउने प्रतिवद्धता जनाएका थिए । उनले यसको लागि आयोगले अपाङ्गता भएका व्याक्तिहरुको लागि हेर्ने छुट्टै फोकल पर्सन समेत व्यवस्था गरेको भन्दै यसको लागि सम्बन्धीत अपाङ्गता भएका व्याक्तिहरुकै घरमा हिंसा भैरहेको स्थानमा पुगेर समस्या समाधानका लागि पहल गरिने उनले बताएका थिए ।
नेपाल बार एशोसीयसन उच्च अदालत तुलसीपुर बुटवल ईजालास एकाई अध्यक्ष कैलाश चन्द्र ज्ञवालीले नेपाल बारले अपाङ्गताको मुद्धा हेर्नेको लागि निःशुल्क व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाएका थिए । उनले यसको लागि बारका सदस्य सदस्यहरुलाई समेत भनेर अपाङ्गता हिंसा पिडीतहरुको सेवाका लागि बारले निःशुल्क वकालन गर्ने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका सहायक प्रहरी निरिक्षक निर बहादुर थापाले अपाङ्गता सम्बन्धी हिंसा वा कुनै पनि पिर मर्का परेको वखतमा प्रहरी कन्ट्रोल नम्बर १०० मा तत्काल फोन गरेर जानकारी दिनको लागि आग्रह गरे । उनले यसरी प्रहरीले तत्काल सम्बन्धीत स्थानमा गएर समस्या समाधान गर्ने बाटोमा लग्ने प्रतिवद्धता जनाए । प्रहरी लाई आफ्नो साथी जस्तै ठानेर सोही अनुसारको सेवा प्रवाहमा सहजीकरण र आफुमा भएको समस्या जानकारी दिनको लागि उनले आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता हुदैमा कोही कमजोर नहुने भन्दै यसको लागि आफुमा भएको प्रतिभा वा पिर मर्का वाहिर ल्याउन आवश्यक भएको बताए । उनले आफुहरुको न्यायका लागि प्रहरी प्रशासन, सम्बन्धीत निकाय, विभिन्न संघ संस्थाहरु समेत तयार रहेको भन्दै सोही अनुसारको सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नवनिर्वाचित संघीय परिषद् सदस्य सावित्रा घिमिरे, शिला क्षत्री, महासंघ लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, महासंघ लुम्बिनी प्रदेश अधिकृत गोमा पन्थी, परियोजनाका सरोजा भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमा शुस्तमनस्थी भएका व्याक्ति तथा अभिभावक, शारिरिक अपाङ्गता भएका व्याक्तिहरु, दृष्टिविनिह, बहिरा, हेमोफेलिया भएका सहित विभिन्न अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा पहुँच सम्बन्धी परियोजना सिविएमको संयोगमा राष्ट्रिय अपाङ्ग महासंघले सञ्चालन गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार