तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

रुपन्देही-१ को समानुपातिक मत पुनः गणना गर्न एमालेको माग

बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न नेकपा एमालेले माग गरेको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको जिकीर गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमाले रुपन्देही सचिव यज्ञमुर्ति गैरेले ९ वटा मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको बताए ।

‘ओमसतिया गाउँपालिका वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि., (क) देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका ९ वटा मतपेटिकाको गणनामा धाँधली भएको छ,’ गैरेले भने ।विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक÷एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ मत चढाइएको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको गैरेले बताए ।

यस विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामान्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणाम फरक पार्न खोजेको पुष्टि हुने गैरेको भनाइ छ ।

निर्वाचन क्षेत्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै नियोजित लापरवाही हुन सक्ने आशंका रहेकाले निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीतको कार्यलाई सच्चाई पुनः मतगणना गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा मंसिर ११ गते लिखित निवेदन पेश गरेको गैरेले बताए ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले पुनः मतगणनाको निवेदन अनुसार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउन लागेको बताए । ‘उहाँहरुले भनेजस्तो धाँधली भएको छैन, कम्प्युटरमा तथ्यांक प्रविष्ट गर्दा केही तलमाथि भएको हुनसक्छ’ श्रेष्ठले भने, ‘जे भएपनि हामीले निवेदन अनुसार केन्द्रमा लेखेर पठाउँदैछौं, उताबाट जे निर्देशन आउँछ त्यही अनुसार हुन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित