बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार                
समाचार :

रुपन्देही-१ को समानुपातिक मत पुनः गणना गर्न एमालेको माग

बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न नेकपा एमालेले माग गरेको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको जिकीर गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमाले रुपन्देही सचिव यज्ञमुर्ति गैरेले ९ वटा मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको बताए ।

‘ओमसतिया गाउँपालिका वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि., (क) देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका ९ वटा मतपेटिकाको गणनामा धाँधली भएको छ,’ गैरेले भने ।विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक÷एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ मत चढाइएको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको गैरेले बताए ।

यस विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामान्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणाम फरक पार्न खोजेको पुष्टि हुने गैरेको भनाइ छ ।

निर्वाचन क्षेत्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै नियोजित लापरवाही हुन सक्ने आशंका रहेकाले निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीतको कार्यलाई सच्चाई पुनः मतगणना गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा मंसिर ११ गते लिखित निवेदन पेश गरेको गैरेले बताए ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले पुनः मतगणनाको निवेदन अनुसार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउन लागेको बताए । ‘उहाँहरुले भनेजस्तो धाँधली भएको छैन, कम्प्युटरमा तथ्यांक प्रविष्ट गर्दा केही तलमाथि भएको हुनसक्छ’ श्रेष्ठले भने, ‘जे भएपनि हामीले निवेदन अनुसार केन्द्रमा लेखेर पठाउँदैछौं, उताबाट जे निर्देशन आउँछ त्यही अनुसार हुन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार