बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

एमालेको नेतृत्वविना देशले निकास पाउन्न : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नेतृत्वविना देशले सही निकास पाउन नसक्ने बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले वहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताए । पौडेलले निर्वाचनबाट कसैको वहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण भएको बताएका छन् । कुनै दलको वहुमत नआउंदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलको भनाई थियो । राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएपनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको वहुमत आउन नसकेको पौडेलले बताए । एमालेका शीर्ष नेताहरुलाई पराजित गर्ने योजना रहेपनि त्यो प्रयास सफल नभएको बताए । ‘एजेण्डाका हिसाबले एमालेले वहुमत पाउनुपर्ने हो तर पाएन’–पौडेलले भने ।
पौडेलले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाए ।
पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफु सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दुरी नराखी समदुरी राखेर व्यवहार गर्ने बताए । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित