इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य

  • `
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर २५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा २५ करोड बढी आर्थिक कारोबार हुने अयोजकले लक्ष्य लिएको छ ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं । स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं ।’–भन्ने मूल नाराकासाथ आयोजना गरिएको महोत्सवले मुलुकमा औद्योगिक चेतना बढाउनुका साथै कृषिको आधुनिकरण, व्यसायिकरण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष प्रेम घर्तीले बताए । ३ सय बढी स्टल रहने महोत्सवमा अटो मोवाइल्स, साना तथा मझौला उद्योगका उत्पादन, कृषि तथा पर्यटन सम्बन्धित स्टलहरु समावेश गरिने घर्तीले बताए । ५ लाख ढी दर्शकले अवलोकन गर्ने महोत्सवले विगत ३ वर्षदेखि कोरोनामा महामारीले ठप्प रहेको व्यापार व्यवसाय तथा आर्थिक प्रवर्द्धनमा टेवा पुग्ने उनले दाबी गरे । महोत्सव बारे जानकारी गराउन शनिबार तिलोत्तमा–५ मा अवस्थित मेलास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले महोत्सवको आयोजनाले बस्तु विक्रि गर्ने उद्योगी व्यवसायी र उपभोक्ता बीच पुलको काम गर्ने उल्लेख गरे ।

    पछिल्लो समय राष्ट्र बैंकले लिएको गतल नीतिका कारण उद्योगी व्यवसायीहरुलाई लगानीमैत्री वातावरण नमिल्दा धरासायी हुने अवस्थामा पुगेको उनले बताए । वार्षिक अरबौंको व्यापार घाटा व्यहोरिरहेको आयात प्रतिस्थापनका लागि उद्योगी मैत्री र लगानी मैत्री नीति निर्माण गर्न आवश्यक रहेको उनले बताए । महोत्सव आयोजना र यसको उद्देश्य बारे बोल्दै पराजुलीले तिलोत्तमामा मेला महोत्सवका लागि छुट्टै मण्डपको स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै मेला सह–आयोजक संस्था तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले उत्पादन र बजारीकरणमा मेलाले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । मेला आयोजनाका लागि २ सय बढी स्टलहरु दर्ता भइसकेको तथा समग्र रुपमा ७० प्रतिशत बढी मेलाको तयारी पूरा भएको उनले उल्लेख गरे । मेलाको आकर्षणका रुपमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत हुने उनले बताए ।

    पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्ने महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै विद्यालयस्तरीय नृत्यु प्रतियोगिता, पुरुष तथा महिलाहरुको कुस्ति प्रतियोगिता, रङ्गारङ्गी आतिसबाजीसहित लुम्बिनी दर्शन यात्रा तथा अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकन, आर्थिक विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार