रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

विष्णु पौडेलको संसदिय यात्राः छैठौं प्रतिस्पर्धा, पाँचौ जीत

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेल चौंथोपटक विजयी भएका छन् ।

एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गरे ।

अन्तिम मत परीणाम अनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार १ सय ४८ मत प्राप्त गरे भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार ७ सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।

सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २२ हजार १० मत प्राप्त गरे । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार ६ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

विष्णु पौडेलको राजनीतिक यात्रा

२०१६ मा स्याङ्जाको पुतलीबजारमा पिता देविलाल र रेवती पौडेलका छोराका रुपमा २०३३ सालतिर कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए। उपाध्यायको घरमा तत्कालीन समन्वय केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो ।

जेलब्रेक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षीय पौडेल पढाइ छाडेर कम्युनिष्ट आन्दोलनमा होमिए ।

माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाए ।

लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरे ।

२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे ।
२०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले विष्णु पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो ।

२०४७ सालमा नेकपा माले र माक्र्सबादीपार्टि बिच एकिकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भए ।

२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टि सन्चालनको जिम्मेवारी दियो ।

गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे विष्णु पौडेले पाएका थिए । पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए। त्यो सरकार ९ महिनामा ढल्यो । पौडेलको राजनीति उचाइ बढाउदै लगे । ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री भए ।

महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभिए । तर उनको मत बिपरित महाकालि सन्धि एमालेले बहुमतले पास गरेको थियो ।

२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भए ।

पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदातासंग नजिकिएर काम गर्न थाल्नुभयो जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने भने तत्कालीन पार्टि अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने।

०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएपछि चर्चाको शिखरमा पुगे। पौडेलको कार्य कुसलता प्रर्दशन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बन्न पुगे। जुन नेपाली राजनितीक ईतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए ।

०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका गरेका थिए ।
नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए ।

पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि पौडेललाई मानिन्छ । त्यसैको पुर्व एमाले र पुर्व माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता वुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेबारी पाएका थिए ।

नेकपाभित्र कम वोल्ने र सामाजिक सञ्जालमा कमै प्रतिक्रिया दिने नेतामा पौडेल पर्छन । पार्टिलाई संकट पर्दा त्यसलाई निराकरण गर्नतिर लाग्ने उनलाई पार्टी भित्र कुन नेतामा कति क्षमता छ, अनि त्यसलाई उपयोग गरेर कसरी अगाडि वढन सकिन्छ भन्ने राम्रो ज्ञान भएको एमाले नेताहरु बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार