तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बिहानै देखि रोकिएको रुपन्देही-२ को मतगणना सुचारु हुन सकेन

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उडबीर नेपालीले बताएका छन् ।

मतपेटिकामा मुचुल्कामा भन्त्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिले सम्म सुरु भएको छैन ।

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित