
रुपन्देही क्षेत्र नं. ३ मा फेरी नेपाली कांग्रेसका बालकृष्ण खांणले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खांणले २२ हजार ७६५ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका दिपक बोहोराले २२ हजार ७३८ मत प्राप्त गरेका छन् । यहाँ यी दुवै बीच निकै प्रतिस्पर्धा चलेको छ । यस अघि सुनाइएको परिणाममा बोहोराले अग्रता बनाएका थिए ।