

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले फेरि अग्रता कायम गरेका छन्।
यसअघि ८ सय मतले पछि रहेका ज्ञवाली अहिले ५१३ मतले अघि देखिएका छन्।
ताजा मतपरिणाम अनुसार एमालेका ज्ञवालीले १६ हजार ३४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले १५ हजार ८३३ मत प्राप्त गरेका छन्।
गुल्मी-१ मा यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।