रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

रोल्पाबाट वर्षमान पुन विजयी, ०६४ साल देखिको बर्चश्व कहिले तोडिएला रोल्पामा ?

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार ७१४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका छन् । पुन र बुढाबीच २५ हजार २२९ मतको फराकिलो अन्तर छ ।

त्यस्तै राप्रपाका लीला रावलले २ हजार ५५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८०३ र नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बाले १५२ मत प्राप्त गरेका छन् । रोल्पामा १ लाख ४५ हजार ४७१ मतदाता रहेकोमा ६७ हजार २१ अर्थात ४६.७ प्रतिशत मतमात्र खसेको थियो । जसमा ६१ हजार ७१० मत सदर भएको थियो भने ५ हजार ३११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

रोल्पामा २०६४ यताका सबै चुनावमा माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । पहिलो संविधानसभा चुनावमा ललितपुर–१ बाट विजयी वर्षमान पुन २०७० मा मोरङ–९ बाट पराजित भएका थिए । त्यसपछि २०७४ मा रोल्पाबाट विजयी पुन रोल्पाबाट दोस्रोपटक विजयी भएका छन् ।

६४ यता माओवादीकै बर्चश्व
नेकपा माओवादी शान्तिप्रक्रियामा आएसँगै रोल्पामा माओवादीका लागि फलिफाप हुँदै आएको छ । संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा क्षेत्र नं. १ बाट जयपुरी घर्ती विजयी भएकी थिइन् । जम्मा ७१ हजार ५०४ मतदाता रहेको यहाँ जयपुरीले २६ हजार ५०५ र निकटम प्रतिष्पर्धी कांग्रेसका माधवप्रसाद आचार्यले ४ हजार ९४६ मत प्राप्त गरेकी थिइन् भने त्यसबेला राप्रपाका अमरबहादुर थापाको २ हजार ५०६ मत र एमालेका पृथ्वीप्रसाद रोकाको २ हजार १७० मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्र नं. २ मा नेकपा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । जम्मा ८२ हजार ४६२ मतमध्ये दाहालले ३४ हजार २२०, एमालेका शान्तकुमार वलीले ६ हजार २९ र कांग्रेसकी भीमकुमारी बुढामगरले ४ हजार ८८८ मत प्राप्त गरेको देखिन्छ । दुई ठाउँबाट निर्वाचित पुष्पकमल दाहालले रोल्पा–२ छोडेपछि उपनिर्वाचन भएको थियो । जसमा माओवादीका सन्तोषकुमार बुढा निर्वाचित भएका थिए । बुढाले १९ हजार ९३३ मत प्राप्त गरेका थिए भने एमालेका हरिप्रसाद घर्तीले ६ हजार १३२ र कांग्रेसका गंगाराम डाँगीले ४ हजार ७९१ मत प्राप्त गरेको देखिन्छ ।

वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । ४१ हजार ९०२ मतदाता संख्या रहेको क्षेत्र नं. १ मा महराले ११ हजार ४०७ मत प्राप्त गरेका थिए भने कांग्रेसका लेखनाथ आचार्यले ८ हजार ४०९, राप्रपाका बालाराम घर्तीमगरले ३ हजार १५० र एमालेका हितबहादुर रोकाले १ हजार ४७८ मत ल्याएको देखिन्छ ।

यता ५२ हजार ५५७ मतदाता संख्या रहेको क्षेत्र नं. २ मा १४ हजार ९६४ मत ल्याएर माओवादीकै ओनसरी घर्तीमगर विजयी भएकी थिइन् । यहाँ एमालेका कुमार दशौदीले ९ हजार ३७२ र कांग्रेसकी भीमकुमारी बुढाले ८ हजार २२६ मत पाएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रोल्पाबाट जम्मा खसेको ६५ हजार २९६ मतमध्ये माओवादीका वर्षमान पुनले ४२ हजार ८४ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिष्पर्धी कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए । प्रदेशसभा (क) मा माओवादीका कुलप्रसाद केसी १८ हजार ५१२ मत प्राप्त गरी विजयी भएका थिए ।

कुल मतदाता संख्या ३१ हजार ४८ रहेकोमा कांग्रेसका शेरबहादुर महराले १० हजार ४०१ मत प्राप्त गरेको देखिन्छ । २०७४ मा प्रदेशसभा (ख) मा माओवादीका दिपेन्द्र कुमार पुन २४ हजार ४९० मतका साथ विजयी भएका थिए । यहाँ कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९६९ प्राप्त गरेका थिए ।
यसपटक रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी भएका छन् भने प्रदेशसभा (ख)मा गठबन्धनविरुद्ध स्वतन्त्र उठेका दिपेन्द्र कुमार पुनले जित हासिल गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार