बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता पाल्पामा १९ वर्षीया पद्मा सुनारकाे हत्या गर्ने सार्वजनिक जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन एमाले रुपन्देहीको अधिवेशन जेठमा नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी                
समाचार :

लुम्बिनी प्रदेशका ५२ मध्ये ९ निर्वाचन क्षेत्रको परिणाम आयो, कहाँ को–को विजयी?

लुम्बिनी प्रदेश सभाका ५२ निर्वाचन क्षेत्रका सबै प्रदेश सभाको मतगणना भइरहेको छ। कतिपय प्रदेश सभाको अन्तिम मतपरिणाम समेत आइसकेको छ।

अर्घाखाँची प्रदेशसभा (१) मा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य विजयी भएका छन्। आचार्यले गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरे।

आचार्य २० हजार ५ सय १८ मत छ भने केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे। २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै बुधबार सम्पन्न भएको रुकुम पूर्व प्रदेश (२) को अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका धनबहादुर केसी पनि विजयी भएका छन्। कुल ४ हजार ८ सय ६२ मत ल्याएर विजयी भएका केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले पछि पारे।

खड्काको कुल मत २ हजार २ सय ४४ रहेको छ। केसी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्। प्रदेश (१) को मतगणना मंगलबार नै सकिएको थियो। उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुनले जितेका थिए। यससँगै रुकुम पूर्वको मतगणना सकिएको छ।
यसैगरी बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन्।

रुपन्देहीको प्रदेश सभा सदस्य ४(१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन्। कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत प्राप्त गरे।

त्यसैगरी, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भए।

गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गरे भने खानले ११ हजार ६ सय ५१ मतप्राप्त गरे।

दाङमा २ (१) प्रदेशसभा सदस्यमा राजु खनाल विजयी भएका छन्। नेपाली कांग्रेसका खनालले १५ हजार ६१६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे । दुवैबीच मतान्तर १ हजार १६७ रहेको छ।

यसैगरी, गुल्मी क्षेत्र नं. २ का प्रदेश सभा तर्फका दुवै क्षेत्रमा एमाले विजयी भएको छ।

बुधबार सम्पन्न भएको मतगणनामा गुल्मी २(१) मा एमालेका डिल्लीराज भुसाल विजयी भए भने गुल्मी २(२) मा एमालेकै दिनेश पन्थी विजयी भए।

भुसालले १४ हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका भुवन श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गरे।

यसैगरी गुल्मी २(२) मा दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धि जिसीले १३ हजार ८१९ मत प्राप्त गरे।

यसैगरी रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भए। अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याउँदा निकटतम उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याए।

जनमतपार्टीका अनुरागनाथ शुक्लाको ८ हजार ७ सय ३८ मत छ। ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

उकेराबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार