इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

धारिलो हतियार प्रयोग गरी हत्या

  • `
  • पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन । उक्त घटनामा अन्दाजी ४७ वर्षीया महिला पनि सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार घाइते महिलालाई तत्काल चिसापानी अस्पताल पुर्याइए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको र मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

    राती करिव ८ बजेतिर भएको घटनामा सँलग्नको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको नायव उपरीक्षक पाण्डेले जानकारी दिए । घटनाको सुक्ष्म अनुसन्धानको लागि तालिम प्राप्त कुकुर र विद्युतीय सँयन्त्रको प्रयोग गरिएको पाण्डेले जानकारी दिए ।

    घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी र पर्स फेला परेको छ । पर्समा मृतकको नागरिकता भेटिएको र नागरिकतामा नाम दिलिप कुमार पुन र ठेगाना बाग्लुड जलजला उल्लेख गरिएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार