तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

धारिलो हतियार प्रयोग गरी हत्या

  • `
  • पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन । उक्त घटनामा अन्दाजी ४७ वर्षीया महिला पनि सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार घाइते महिलालाई तत्काल चिसापानी अस्पताल पुर्याइए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको र मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

    राती करिव ८ बजेतिर भएको घटनामा सँलग्नको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको नायव उपरीक्षक पाण्डेले जानकारी दिए । घटनाको सुक्ष्म अनुसन्धानको लागि तालिम प्राप्त कुकुर र विद्युतीय सँयन्त्रको प्रयोग गरिएको पाण्डेले जानकारी दिए ।

    घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी र पर्स फेला परेको छ । पर्समा मृतकको नागरिकता भेटिएको र नागरिकतामा नाम दिलिप कुमार पुन र ठेगाना बाग्लुड जलजला उल्लेख गरिएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित