युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

गुल्मी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गएराती गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थल मै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटो मै मृत्यु भएको हो ।

त्यहाँका वडाध्यक्ष जित बहादुर तरामुका अनुसार मृत्यु हुने सबै कुतडाडाका हुन । बाटोमा मृत्यु हुने एक जनाको नाम खुलेको छैन । बाटोमा फसेको गाडी निकाल्नका लागि ९ जना सवार थिए । ३ जना घम्भिर घाइतेलाई पाल्पा पठाइएको छ ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , बर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सइ कृष्णप्रसाद आचार्यले जानकारी दिएका छ्न । रिडिबाट बिहान चार बजे हिडेको प्रहारी घटनास्थलमा भर्खर पुगेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित