तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेका तीन बागीको अग्रता कायमै

नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् ।

नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । यस्तै यस क्षेत्रमा एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् ।

महोत्तरी ३ एमालेका बागी राम आधार कापरले समेत अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरिरहेका छन् । यस क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् ।

यस्तै मोरङ क्षेत्र नम्बर ५ मा समेत एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डलले मतान्तर बढाएका छन् । मण्डलले लगातार अग्रता कायम राखेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले पछ्याइरहेका छन् । भने तेस्रोमा जसपाका राजकुमार यादव रहेका छन् । यस क्षेत्रमा पनि एमालेले जसपालाई सघाउने गरी उम्मेदवारी दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित