रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले १९४४ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र पार्टी (घर चिन्ह) का उम्मेदवारले १४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार