बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने, पहिले खसेका ९१ मत बदर गर्ने सहमति

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ।

मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरू भएको हुँदा यो मतदान केन्द्रमा समय थपिएको हो।

यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटून् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए।

कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर– १० को मावि पातु वनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा स्थगित मतदान फेरि दिउँसोदेखि सुरू भएको हो।

दोस्रो पटक एक वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२ जनाले मत खसालिसकेपछि प्रतिनिभि सभाका सदस्यकोमा मतदान नभएको तथ्य पत्ता लागेको थियो।

दलहरूका बीचमा खसेका सबै ९१ मत बदर गरी नयाँ मत पेटी ल्याई पुनः मतदान सुरू भएको हो।

सहमति अनुसार पहिले मतदान भएका मत पेटिका मुचुल्का बनाई सबै हटाइएको थियो।

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानजान नभई भूलबस गल्ती भएको स्वीकार गरेकी थिइन्।

मतदान अधिकृत घर्तीले बेलुका ७ बजेसम्म डोरीभित्र प्रवेश गरेका मतदातालाई मतदान गर्न दिने निर्णय भएको बताइन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार