रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

दाङमा तीन स्थानमा मतगणना गरिने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ ।

दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ ।

“मतगणनाको समयमा अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाइएको छ”, उनले भने, “प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ ।”

त्यसैगरी क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।

क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए।

दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार