तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

निर्वाचनपछि पनि देशले कुनै न कुनै गठबन्धन माग गर्छः भुसाल

 बुटवल । बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन ।
रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कुनै प्रकारको गठबन्धन बन्ने निश्चित जस्तै रहेको बताए ।
अब बन्ने गठबन्धनले ‘कमन मिनिमम प्रोग्राम’ बनाउनुपर्ने बताए ।
‘घोषणापत्रको जस्तो होइन डिटेल प्रोग्राम गरे भने हाम्रो व्यवस्थाको अभ्यास अझै राम्रो जान्छ । त्यो एकदमै जरुरी पनि छ । म चाही त्यो पार्टीहरुले गरुन भन्ने चाहन्छु ।’ भुसालले भने । देशमा केही राजनीतिक अस्थिरताहरु आए पनि अहिले लिकमा आएको बताउँदै भुसालले संविधान र संविधानका अभ्यासहरु स्मूथ हुन थालेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको दोस्रो निर्वाचनले हामीले अझ बलियो बनाउने बताए ।
भुसाल एमाले परित्याग गरी रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन । उनलाई सत्तारुढ गठबन्धनले सघाएको छ । उनीसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धी छन ।
Seen by Prakash Acharya at 09:05

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित