तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तयार भए मतदान केन्द्र (फोटो फिचर)

बुटवल । भोली हुने निर्वाचनको तयारी पुरा भएको छ । मतदान स्थलहरु तयार भएका छन भने सुरक्षाकर्मी बुथ बुथमा पुगेका छन् । गत आईतबार देखि निर्वाचनका सामाग्री लिएर मतदान स्थलमा पुगेका कर्मचारीहरुले विहान ७ बजे देखि हुने मतदानका लागि तयारी पुरा गरेका हुन । कतिपय मतदान केन्द्रलाई अपाङगमैत्री तथा लैङगिक मैत्री पनि बनाइएको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पनि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

भोली हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीबाट करिब साढे ६ लाख जना मतदानमा सहभागी हुने छन । जिल्ला निर्वाचन कार्यालयका जिल्लाका ६ लाख ३८ हजार ९ सय ५२ जना सहभागी हुनेछन । कार्यालयका अनुसार जिल्लाभर २ सय ८ मतदान स्थल रहेका छन ।

ती मतदान स्थलमा ७ सय २ मतदान केन्द्र रहेका छन । जिल्लामा ५ वटा अस्थायी मतदान केन्द्र रहेका छन ।

कार्यालयका अनुसार रुपन्देही क्षत्रेत्र नम्बर १ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन । यस्तै, क्षेत्र नम्बर २ मा कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन । रुपन्देही–३ मा कुल १ लाख ३२ हजार ७ सय ९१, क्षेत्र नम्बर ४ मा कुल १ लाख १० हजार ६ सय र क्षेत्र नम्बर ५ मा कुल १ लाख २९ हजार १ सय ३५ मतदाता रहेका छन ।

यता रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका  वडा नम्बर–८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयमा रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिस्पर्धी उम्मेदवार विष्णु पौडेल र केशव थापाले मतदान गर्नेछन ।

एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापाले सोही मतदान केन्द्रमा मतदान गर्ने मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए । थापालाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।
मतदान केन्द्रमा एमालेबाट रूपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ र गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले पनि मतदान गर्नेछन ।

यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका छन । ज्ञवालीले भने, ‘उहाँहरु कतिबेला मतदान गर्न आउनुहुन्छ अझै टुंगो लागेको छैन । मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित