योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’ लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास गछौं- मन्त्री खनाल बुटवलको पशु बधशाला सञ्चालनको तयारी आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर) मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव                
समाचार :

आम निर्वाचन २०७९ : यसरी गर्नुहोस मतदान

काठमाडौँ । आज

 

मंसिर ४ गते संघीय तथा प्रादेशिक निर्वाचन हुँदै छ । निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । भाेट कसरी हाल्ने, यसपालिकाे निर्वाचनमा कतिवटा मतपत्र छन्, कुन मतपत्र कुन पदका लागि हाे भन्ने जानेर मात्र भाेट हाल्नुपर्छ ।

सानाे गल्तीका कारण तपाईंले हालेकाे मत गणना नहुन सक्छ । विशेषगरी पहिलाे पटक भाेट हाल्न जाँदै हुनुहुन्छ भने तपाईंलाई भाेट कसरी हाल्ने भन्ने विषयमा जिज्ञासा हुन सक्छ । त्यसैले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन के हाे र मतदान कसरी गरिन्छ भन्ने सम्बन्धमा विस्तृतमा स्पष्ट पारिएकाे छ ।

के हाे प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन ?

नेपालमा पहिलाे हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचित) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी दुई प्रकारका निर्वाचन प्रणाली छन् । पहिलाे हुने निर्वाचित हुने प्रणाली अन्तर्गत ७७ जिल्लामा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् भने हरेक प्रतिनिधिसभा क्षेत्रमा दुईवटा गरी सात प्रदेशमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी प्रतिनिधसभाकाे समानुपातिकतर्फ समग्र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर राजनीतिक दलहरूले देशभरबाट प्राप्त गरेकाे मतकाे प्रतिशतकाे आधारमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा ११० सदस्यकाे टुंगाे लाग्छ । ठीक त्यसै गरी प्रत्येक प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै प्रदेशमा गरी जम्मा २२० सदस्य चुनिन्छन् ।

यसरी १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जनाले समानुपातिक प्रतिनिधित्व गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभाकाे गठन हुन्छ । त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट प्रदेश अनुसार दलहरूले ल्याएकाे मतका आधारमा प्रत्येक प्रदेशमा प्रदेशसभा गठन हुन्छ ।

उदहारणका लागि मधेश प्रदेशमा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिकबाट ४३ जना गरी १०७ सदस्यीय प्रदेशसभा गठन हुन्छ भने सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष निर्वाचित ३२ जना र समानुपातिकबाट २१ जना गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा गठन हुन्छ । कुन प्रदेशमा कति सदस्यीय प्रदेशसभा छन् भन्ने थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । तपाईंले आफ्नाे क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये प्रत्यक्षतर्फ कुनै एक जनालाई मत दिनुपर्छ भने समानुपातिकतर्फ कुनै एक राजनीतिक दललाई मत दिन सक्नुहुन्छ । यस प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशभर गरी जम्मा ८२५ जना सांसद बन्नेछन् ।

भाेट हाल्न के-के आवश्यक पर्छ ?

निर्वाचनमा भाेट हाल्नका लागि सबैभन्दा पहिले मतदाता नामावलीमा तपाईंकाे नाम हुनुपर्छ । तपाईंले आफ्नाे नाम मतदाता नामावलीमा समावेश छ कि छैन भन्ने अनलााइनबाटै जानकारी लिन सक्नुहुन्छ । तपाईं यस लिंकमा गई आफ्नाे प्रदेश, जिल्ला, पालिका र वडा चयन गरी आफ्नाे मतदाता नामावली, मतदाता परिचयपत्र तथा मतदान केन्द्र सम्बन्धी जानकारी लिन सक्नुहुन्छ ।

मतदाता नामावलीमा नाम भएकाे प्रमाण मतदाता परिचयपत्र हाे । मतदान गर्न आफ्नाे मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र लिएर जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर तपाईंसँग मतदाता परिचयपत्र छैन भने परिचय खुल्ने कागजात भए आफ्नाे मतदाता नामावली जहाँ छ, त्यहाँ भाेट हाल्न पाइन्छ ।

भाेट हाल्नुअघि आफ्नाे निर्वाचन क्षेत्रका उम्मेदवारहरू तथा राजनीतिक दलहरूका विषयमा अध्ययन गर्नुहाेस् । उनीहरूले के कस्ता एजेन्डा तथा याेजनाहरू ल्याएका छन्, त्याे बुझ्नुहाेस् । त्यसका आधारमा कसलाई भाेट दिँदा उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुहाेस् ।

त्यसपछि निर्वाचनका दिन भाेट हाल्न तपाईं मतदाता परिचयपत्र वा परिचय खुल्ने कागजातसहित मतदान केन्द्रमा जानुहाेस् । त्यहाँ तपाई‌ं लाइनमा बस्नुपर्ने हुन सक्छ। निर्वाचन गराउन खटिएका कर्मचारीले तपाईंकाे परिचयपत्र चेकजाँच गरी बायाँ हातमा मसी लगाइदिएपछि तपाईं मतदान केन्द्रमा प्रवेश गर्नुहुन्छ ।  त्यसपछि तपाईंलाई कर्मचारीले मतपत्र दिन्छन् ।

कतिवटा हुन्छन् मतपत्र र मतपेटिका ?

यसपालिकाे निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि पहिलाे हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचित) तर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचिततर्फ र प्रदेशसभाकाे समानुपातिकतर्फ एक-एक गरी जम्मा चारवटा मतपत्र हुन्छन् । प्रत्येक मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिका (भाेट हालेर मतपत्र खसाउने बाकस) राखिएकाे हुन्छ ।

सही तरिकाले कसरी मतदान गर्ने ?

मतपत्र पाइसकेपछि तपाईंले पहिले मतपत्रमा मतदान अधिकृतकाे हस्ताक्षर छ कि छैन जाँच्नुहाेस् । छैन भने तत्काल कर्मचारीलाई थाहा दिनुहाेस् र हस्ताक्षर गर्न लगाउनुहाेस् । त्यसपछि  मतदान गर्नका लागि बनाइएकाे गाेप्य कक्षमा जानुहाेस् । गाेप्य कक्षमा पुगिसकेपछि आफूले भाेट हाल्न चाहेकाे उम्मेदवार तथा राजनीतिक दलकाे निर्वाचन चिह्नमा गाेप्य कक्षमा राखिएकाे स्वस्तिक छापले एउटा मात्रै निर्वाचन चिह्नमा पर्ने गरी मत संकेत गर्नुहाेस् ।

मत संकेत गर्दा तपाईंले स्वस्तिक छापकाे मात्र प्रयाेग गर्नुपर्छ । आफ्नाे हस्ताक्षर, औँठाछाप लगायत अन्य कुनै तरिकाले मत संकेत गरे तपाईंकाे मत गणना हुँदैन । मत संकेत गरेपछि मतपत्र पट्याउँदा एउटा चिह्नमा लगाएकाे स्वस्तिक छापकाे मसी अन्य चिह्नमा नलागाेस् भनेर विशेष ध्यान दिनुहाेस् । मतपत्र पट्याइसकेपछि सम्बन्धित मतपेटिकामा खसाल्नुहाेस् ।

तपाईंले एउटा मतपत्रमा भाेट दिएर त्याे मतपत्र सम्बन्धित मतपेटिकामा खसालेपछि पालैपालाे गरी अन्य मतपत्रमा भाेट हाल्दै सम्बन्धित मतपेटिकामा खसाउँदै जानुपर्छ । आफ्नाे क्षेत्रका चारवटै मतपत्र कस्ता छन् भन्ने हेर्नका लागि यहाँ जानुहाेस् ।

कुन मतपत्र कुन पदका लागि ?

पहिलाे : तपाई‌ले सबैभन्दा पहिले राताे रङकाे मतपत्र पाउनुहुन्छ । याे मतपत्र प्रतिनिधिसभा सदस्यका लागि हाे । यसमा तपाईंकाे निर्वाचन क्षेत्रमा पहिलाे हुने निर्वाचित हुनेतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूकाे निर्वाचन चिह्न हुन्छ । मतपत्रमा भएका चिह्नहरूमध्ये तपाईंले राेजेकाे कुनै एक उम्मेदवरकाे चिह्न भएकाे काेठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनुहाेस् र १ नम्बर लेखिएकाे मतपेटिकामा खसाल्नुहाेस् ।

दाेस्राे : तपाईंलाई दिइने दाेस्राे मतपत्र कालाे रङकाे हुन्छ । याे मतपत्रमा समानुपातिक निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूकाे निर्वाचन चिह्न हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा समग्र नेपाललाई नै एक निर्वाचन क्षेत्र मानिएकाे हुन्छ । यस मत्रपत्रमा तपाईंले चाहेकाे कुनै एक राजनीतिक दलकाे चिह्न भएकाे काेठामा स्वस्तिक छाप लगाउनुहाेस् र २ नम्बर लेखिएकाे मतपेटिकामा खसाउनुहाेस् ।

तेस्राे : याे मतपत्र पनि राताे रङकाे हुन्छ । याे मतपत्र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवार छान्नका लागि हाे । यसमा पनि तपाईंले राेजेकाे कुनै एक उम्मेदवारकाे चिह्न भएकाे काेठामा स्वस्तिक छाप लगाउनुहाेस् र ३ लेखिएकाे मतपेटिकामा खसाउनुहाेस् ।

चाैथाे : तपाई‌ंले पाउने चाैथाे तथा अन्तिम मतपत्र कालाे रङकाे हुन्छ । यसमा प्रदेशसभाकाे समानुपातिकतर्फ भाग लिएका राजनीतिक दलका निर्वाचन चिह्न हुन्छन् । तपाईंले यसमा पनि कुनै एक राजनीतिक पार्टीकाे चिह्न भएकाे काेठामा मतसंकेत गरी ४ लेखिएकाे मतपेटिकामा खसाउनुहाेस् ।

कस्ताे अवस्थामा मत बदर हुन्छ ?

  • स्वस्तिक छाप निर्वाचन चिह्न भएकाे काेठाभन्दा बाहिर लागेमा ।
  • स्वस्तिक छाप दुई फरक निर्वाचन चिह्न भएका काेठाहरूमा छुने गरी लगाएमा ।
  • एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाएमा ।
  • राम्राेसँग नपट्याउँदा एउटा चिह्नमा लगाएकाे स्वस्तिक छापकाे मसी लतपतिएर अर्काे चिह्नमा लागेमा ।
  • स्वस्तिक छापभन्दा अन्य कुनै हिसाबले मतसंकेत गरेमा । जस्तै निर्वाचन चिह्नमा औँठाछाप लगाएमा वा हस्ताक्षर गरेमा ।
  • मतपेटिकामा मतदान अधिकृतकाे हस्ताक्षर नभएमा ।

अपांगता भएकाे तथा अन्य कुनै कारणबाट आफूले मतदान गर्न नसक्ने अवस्थामा के गर्ने ?

तपाईं शारीरिक अपाङ्गता वा अन्य कुनै कारणले आफै‌ मतदान गर्न सक्ने अवस्थामा हुनुहुन्न भने तपाईंले एकाघरकाे सदस्यकाे सहयाेगमा आफूले चाहेकाे उम्मेदवार वा पार्टीलाई भाेट दिन पाउनुहुन्छ । तपाईंकाे एकाघरकाे सदस्य नभएकाे अवस्थामा मतदान अधिकृतले तपाईंलाई भाेट हाल्न सहयाेग गर्छन् ।

मंसिर ४ गते बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदानकाे समय ताेकिएकाे छ । उक्त समयभित्र तपाईं आफ्नाे मतदाता परिचयपत्र वा पहिचान खुल्ने कागजातसहित मतदान केन्द्रमा जानुहाेस्  र सावधानीपूर्वक गाेप्य रूपमा मतदान गर्नुहाेस्।

मतदान सकिएपछि सबै मतपेटिकाहरूलाई सुरक्षित रूपमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन आयाेगबाट खटिएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालय लगिन्छ । सबै राजनीतिक दल तथा उम्मेदवारकाे प्रतिनिधिहरूले देख्ने गरी मतगणना गरिन्छ । प्रत्यक्षतर्फकाे मतगणना सकिएपछि मात्र समानुपातिकतर्फकाे मतगणना गरिन्छ । निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलका अनुसार देशभरका १६५ (७७ वटा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय र ८८ वटा निर्वाचन अधिकृतकाे कार्यालय) कार्यालयबाट निर्वाचनकाे परिणाम घाेषणा गरिन्छ ।

प्रत्यक्ष निर्वाचनतर्फकाे मतपरिणाम तीन दिनभित्र र समानुपातिकतर्फकाे मतपरिणाम आठ दिनभित्र आउने अनुमान गरिएकाे निर्वाचन आयाेगका अधिकारीहरूकाे भनाइ छ ।

(यो सामग्री नेपाल चेकबाट साभार गरिएको हो ।)

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार