रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

सुरक्षा अवस्था राम्रो छ, ढुक्कले मतदान गर्नुहोस् – रुपन्देही प्रहरी प्रमुख रेग्मी 

रविन्द्र रेग्मी रुपन्देहीको सुरक्षा ब्यवस्था सम्हाल्ने प्रहरी कमाण्डर हो । बि.सं. २०५६ सालको आम निर्वाचनमा प्रहरी सहायक निरिक्षक भएर चुनावी मोर्चामा खटिएका रेग्मी त्यसयताका प्रायः सवै चुनावी मोर्चामा सहभागी हुँदै अहिले प्रहरी उपरिक्षक पदमा रुपन्देही प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । गत बैशाखमा स्थानीय निकायको निर्वाचन, २०७४ मा स्थानीय र संसदीय निर्वाचन परिचालन गरी अनुभव बटुलेका रेग्मीलाई आसन्न निर्वाचनको सुरक्षा गर्ने र सबै मतदाताले निष्पक्ष र भयरहीत वातावरणमा मतदान गर्ने ब्यवस्था मिलाउने चुनौति छ । प्रभावशाली उमेदवारहरुको प्रतिष्पर्धाले जिल्लाको सुरक्षा ब्यवस्था र निर्वाचनलाई लिएर उब्जिएका शंका, उपशंका तथा चुनावी तयारीका बिषयमा जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीसँग गरेको कुराकानी

 

 रुपन्देही जिल्लामा निर्वाचन सुरक्षाको तयारी कस्तो छ ?

निर्वाचनको सुरक्षा तयारी पूरा गरिएको छ । सन्तोषजनक अवस्था छ सुरक्षाको । निर्वाचन सुरक्षाका तीन तह हुन्छन्, एउटा प्रि अवस्था अर्थात उमेदवार मनोनयन देखि प्रचारप्रसारलगायत मतदान हुनु पूर्वको अवस्था, दोश्रो डिउरिङ्ग अर्थात मतदान शुरु भएदेखि मतदान सम्पन्न नभएसम्मको अवस्था र तेश्रो पोष्ट अर्थात मतदानपछि मतपेटिका संकलन लगायत मत परिणाम घोषणा नहुँदासम्मको अवस्था । हामी अहिले पूर्वतयारीमै छौं । उमेदवारले प्रचार प्रसार गर्ने कार्य सकिएको छ, सीमा बन्द गरिएको छ । मतदान स्थलमा मतदान अधिकृत सहित मतदानसँग सम्बन्धित सामाग्रीहरु पुगिसकेका छन् । मतदान केन्द्र बनिरहेका छन् । प्रहरीले मतदान केन्द्र वरिपरि गश्ती गर्ने, सुरक्षा ब्यवस्था चुस्त दुरुस्त पार्ने काम गरिरहेको छ । राजनीतिक दलहरुले प्रचारप्रसार, सभा, समारोह पूरा गर्नुभयो, अब हाम्रो निगरानीको काम शुरु भएको छ । आचारसंहीता उल्लंघन भएको छ वा छैन, कुनै अवान्छित गतिविधि भएका छन् वा छैनन् नियालीरहेका छौं ।

रुपन्देही जिल्लामा केन्द्रीय राजनीतिमा प्रभाव पार्ने उमेदवारहरु प्रतिष्पर्धामा रहेका कारणले असाध्यै पेचिलो पनि छ यहाँको चुनाव । सुरक्षा संवेदनशीलता स्वभाविक रुपमा बढी देखिन्छ । कस्तो तयारी छ ?

जिल्ला सुरक्षा समितिले बिगतका सुरक्षा चुनौतिको अनुभव, दलहरुबीच हुन सक्ने बैमनस्यता र हाल नयाँ देखिएका सुरक्षा चुनौति, मतदान केन्द्रको जनघनत्व, मतदान स्थलको वनावटको आधारमा हामीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरिकन सामान्य, अति संवेदनशील र संवेदनशील केन्द्रको रुपमा छुट्याएका छौं । रुपन्देहीमात्र होइन केन्द्रीय सुरक्षा नीति अनुसार सबै जिल्लाको प्रकृया यहि हो । त्यसै अनुसार नै नेपाल प्रहरी र म्यादी प्रहरीहरु खटिइसकेका छन् ।

मतदाताले भयरहीत वातावरणमा निर्धक्कसँग मतदान गर्ने अवस्था छ उसोभए ?

कुनै शंकै छैन । म फेरि अपिल गर्न चाहान्छु मतदाताहरुलाई कि आफुले चुन्न खोजेको, रोजेको, चाहेको उमेदवारलाई गोप्य मतदान गर्नुहोस् । यस्तो अवसर पाँच बर्षपछि मात्र आउँछ । यो अवसरलाई नचुकाउनु हुन म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखको हिसावले अनुरोध गर्दै के आश्वास्त पार्न चाहान्छु भने हामीले पूर्ण शान्ति सुरक्षाको ब्यवस्था मिलाएका छौं र कुनै कसै एक मतदातालाई कुनै आँच हुने काम हुनेछैन त्यसको लागि हामी कुनै पनि मूल्य चुकाउन तयार छौं भनेर मैले ब्यक्तिगत हिसावले र कानुनी हिसावले ग्यारेन्टी दिलाउन चाहान्छु ।

यो निर्वाचनमा कति सुरक्षाकर्मी परिचालित हुन्छन् ।

प्रहरीलाई निर्वाचनको जिम्मा दिइएको हुँदा सुरक्षालाई प्रभावकारी गराउन आवश्यक पर्ने थप जनशक्तिको रुपमा म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीहरु नेपाल प्रहरीका सहयोगी हुन् । ३०९५ म्यादी प्रहरी भर्ना भएका छन् । नेपाल प्रहरीको संख्या जिल्लामा झण्डै २ हजारको हाराहारीमा छ । थोरै लिमिट कर्मचारी कार्यालयमा राखेर सबैलाई परिचालन गरिएको छ । कतिपय अस्थायी बीटहरु त ताला लगाएरै निर्वाचनमा परिचालन गरिएको छ ।

रुपन्देहीमा गृहमन्त्री स्वयम् चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ, उहाँ नै प्रतिष्पर्धामा भएपछि प्रहरीले निष्पक्ष काम गर्न सक्दैन भनेर धेरैले शंका गरिरहेका छन्, कसरी लिनुभएको छ ?

शंका गर्नेलाई त के भन्न रोक्न सकिन्छ र, तर नजीजा आएपछि थाहा पाउनुहुन्छ पर्फमेन्स के छ भनेर । मैले यो गरेको छु ऊ गरेको छु भन्नुभन्दा पनि फिल्डमा हेर्नुस् गएर थाहा पाइहाल्नु हुन्छ अवस्थाको बारेमा ।

अन्त्यमा, सुरक्षा प्रमुखको हिसावले आम मतदातालाई भन्नुपर्ने केहि छ ?

सबै मतदाताहरुलाई विनम्र अनुरोध गर्न चाहान्छु, तपाईंहरुको पाँच बर्षपछि मतदानको अवसर आएको छ, गोप्य मतदान हो, रोजेको, चाहेको, मन परेको उमेदवारलाई मतदान गर्नुस् । तपाईंहरुको पूर्ण शान्ति सुरक्षालाई लिएर नेपाल पुलिस मात्रै नभएर हाम्रो पछाडि सशस्त्र प्रहरी छ, त्यसपछाडि नेपाल आर्मी छ, र यसपछि जिल्लाबाट अनुगमन समिति छ, नेपाल प्रहरी मात्र होइन, सशस्त्र र आर्मी समेत निर्वाचनको सुरक्षामा खटिएका छौं । ढुक्क हुन म आग्रह गर्दछु ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित