अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती

कपिलबस्तु । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती गरिरहेका छन् ।

बिहीबारबाट सुरु गरिएको गस्ती मतगणनाको अन्तिम नतिजा नआउँदासम्म करिब १० दिनसम्म नियमित गरिने सशस्त्रको डंगरी बीओपी प्रमुख निरीक्षक सन्तोष अधिकारीले बताए । यसको सुरुवात यशोधरा गाउँपालिका मर्यादपुर नाकाबाट सुरु गरिएको छ ।

मर्यादपुरबाट ६ किमि पश्चिम र ६ किमि पूर्वका सीमा स्तम्भसम्म गस्ती गरिएको थियो । गस्तीमा नेपाल–भारतका २५ जना सुरक्षाकर्मी संलग्न थिए ।

भारतको सिद्धार्थनगर र बलरामपुर जिल्लासँग कपिलवस्तुको ९३ किमि सीमा सटेको छ । भारतको सिद्धार्थनगर र बलरामपुर जिल्ला खटिएका एसएसबीको दोस्रो र ५० औं बटालियनका कमाण्डरसँग सशस्त्रको २८ नम्बर गणले समन्वय गरेर गस्ती थालेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार