तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती

कपिलबस्तु । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती गरिरहेका छन् ।

बिहीबारबाट सुरु गरिएको गस्ती मतगणनाको अन्तिम नतिजा नआउँदासम्म करिब १० दिनसम्म नियमित गरिने सशस्त्रको डंगरी बीओपी प्रमुख निरीक्षक सन्तोष अधिकारीले बताए । यसको सुरुवात यशोधरा गाउँपालिका मर्यादपुर नाकाबाट सुरु गरिएको छ ।

मर्यादपुरबाट ६ किमि पश्चिम र ६ किमि पूर्वका सीमा स्तम्भसम्म गस्ती गरिएको थियो । गस्तीमा नेपाल–भारतका २५ जना सुरक्षाकर्मी संलग्न थिए ।

भारतको सिद्धार्थनगर र बलरामपुर जिल्लासँग कपिलवस्तुको ९३ किमि सीमा सटेको छ । भारतको सिद्धार्थनगर र बलरामपुर जिल्ला खटिएका एसएसबीको दोस्रो र ५० औं बटालियनका कमाण्डरसँग सशस्त्रको २८ नम्बर गणले समन्वय गरेर गस्ती थालेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित