श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

कामना बैंकद्वारा देवदह आदर्श क्याम्पसमा अग्निरोधक साधन र डस्टविन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई सहयाेग गरेकाे छ ।

बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित साे क्याम्पसलाई ३ थान अग्निरोधक साधन (Fire Extinguisher) तथा ५ थान डस्टविन हस्तान्तरण गरेको हाे ।

भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन प्रदान गरिएको हो ।

उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गरे । उक्त कार्याक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।  क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित