दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

कामना बैंकद्वारा देवदह आदर्श क्याम्पसमा अग्निरोधक साधन र डस्टविन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई सहयाेग गरेकाे छ ।

बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित साे क्याम्पसलाई ३ थान अग्निरोधक साधन (Fire Extinguisher) तथा ५ थान डस्टविन हस्तान्तरण गरेको हाे ।

भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन प्रदान गरिएको हो ।

उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गरे । उक्त कार्याक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।  क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित