बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

रुपन्देहीमा वडा सदस्यले बाँड्न लागेकाे मदिरा स्थानीयको कब्जामा

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुद्धोधन–१ बलेवामा शुक्रबार दिउसो स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जिवन लामिछानेले बताए ।

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धन गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्याउने घनेर गाडीलाई घटनास्थलमै छाडीएको लामिछानेले बताए । स्थानीयले एक युवाका अनुसार टाटाको पिकअप गाडीमा मतदातालाई प्रभावित पार्नेगरी नेपाली काँग्रेसका कार्यकर्ताले वितरण गर्न मदिरा हिँडालेका थिए । सुद्धोधन-१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताए । लोनिया नेपाली काँग्रेसकोतर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्येक्षदर्शी विजय थापाले बताए । गाडीको नम्बर भने अगाडी पछाडी नै स्पष्ट नरहेको स्थानीयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार