दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भैरहवाबाट सिधा दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

  • भैरहवाबाट ए३२० न्यरोबडी र ए३३० वाइडबडी उडान गर्ने अनुमती
  • भैरहवा । अन्ततः नेपाल वायुसेवा निगमले पनि भैरहवाबाट उडान भर्ने भएको छ ।

    भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि नेपाल बायुसेवा निगमले उडान सुरु गर्न लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्तर्गत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।

    नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ । उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।

    निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।

    निगमलाई प्राधिकरणले भैरहवाबाट १ सय ५७ यात्रु क्षमताको एयरबस ए३२० न्यरोबडी र २ सय ७४ सिट क्षमताको एयरबस ए३३० वाइडबडीबाट उडान गर्ने अनुमती दिएको छ । उसले यात्रुको माग अनुसार यो रुटमा उडान गर्ने छ । हाल भैरहवाका लागि कुवेतको जजिरा एयरवेजको १ सय ६२ यात्रु क्षमता भएको न्यरोबडी उडाउँदै आइरहेको छ ।

    निगम अघि यति एयरलायन्ससँगको चिनियाँ साझेदारीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सले भैरहवाबाट कार्तिक १७ गतेदेखि मलेसिया चार्टर उडान गरिरहेको छ । मलेसियासँग नेपालले भैरहवाका लागि हवाई सम्झौता नगरेकाले उक्त रुटमा हाल चार्टरका रुपमा हिमालयले उडान गर्नुपरेको हो । तर, भारतसँगको हवाई सम्झौतामा विमानस्थलको नाम नतोकेकाले निगमले दिल्ली–भैरहवा नियमित उडान गर्ने छ । निगमसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वायुसेवा हुने भएका छन् ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित