दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

नवलपरासीमा मतदान अधिकृत नियन्त्रणमा

परासी । नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेका मतदान अधिकृतमा पृथ्वीराज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

५६ वर्षिय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् ।

निर्वाचन सामाग्री बुझ्नेक्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पर्दाथ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताए । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ ।

उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित