बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न                
समाचार :

बुटवलभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल  

बुटवल । रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ ।

मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ ।

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताए ।

सडकमा अव्यवस्थित रहेका तारहरुले शहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकोले तार हटाएर शहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले शहर क्षेत्रभित्रका अव्यवस्थित तारका कारण कैयौं दुर्घटना भएको, जनधनको क्षति भएको, शहर अव्यवस्थित र कुरुप देखिएकाले मंसिरभित्रमा सबै तार व्यवस्थित गरिने बताए ।

‘जुन जुन सेवा प्रदायक संस्थाका तार अव्यवस्थित छन्, त्यो व्यवस्थापन गर्ने, अनावश्यक तारहरु हटाउने र तारहरुमा कम्पनीको ट्याग लगाउने काम छिटै अघि बढ्छ’ उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित