नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

एमाले नेता गोकर्ण विष्टको पहलमा टलक्कै गुल्मीका विपन्न बस्तीहरू

  • अब खरका छाना इतिहास बन्दै छन्
  • बुटवल । गुल्मीमा अब खरका छाना इतिहास बन्दै छन् ।

    पानी परे चुहिने, आगलागीको उत्तिकै डर । विपन्न परिवारका थुप्रै रात पीडामै बिते ।

    कतिपय गरिव परिवारले खरकै झुप्रोमा थुप्रै पुस्ता फेरे । तर, स्थानीय तहले संचालन गरेको खरका छानामुक्त गर्ने कार्यक्रमले त्यस्ता कैयौँ परिवार अहिले ढुक्कले निदाउन पाएका छन् ।

    केही वर्ष पहिले जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा आगलागी भएर थुप्रै खरे घर जलेपछि पूर्वमन्त्री तथा हाल नेकपा एमाले गुल्मी २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोणर्क विष्टले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको खरका छाना बिस्थापन अभियान अहिले देशव्यापी बनेको नेकपाका नेता गणेश श्रीपालीले बताए ।

    दुई/चार वर्षमै जिल्लाका थुप्रै बिपन्न परिवारको झुप्रे घरहरु पनि टिनले टलक्क देखिएकाले अत्यन्तै खुसी लागेको बताए ।

    नेता विष्टले आफू फेरि निर्वाचित भएपछि गुल्मी दुई को मुहार फेर्न बताए । उनले भने, ‘गुल्मी २ मा विकासले फड्को मारेको छ । आगामी दिनमा धेरै आयोजना ल्याएर जिल्लामा नमूना जिल्ला बनाउने मेरो फेरि पनि उम्मेदवारी हो ।

    विकास लागि हामी सधै प्रतिबद्ध छौं ।’
    ०७४ सालको तीनै तहका निर्वाचनमा खरका छाना मुक्त प्रमुख चुनावी एजेण्डा हो । चुनावमा कैयन् विपन्न परिवारले त्यही आशमा भोट हाले । फलस्वरुप अहिले त्यहि भोटले ओत पाएका छन् ।

    अहिले मदाने गाउँपालिका–७ पुर्कोटदहका प्रेम विकको घर टीनले छाएर चिटिक्क भएको छ । उनको ऊर्जाशील उमेर खरकै झुपडीमा बित्यो । उनलाई सुरुमा नेताले चुनावी बाचा पूरा गर्लान् र आफ्नो घर टीनले छाइएला भनेर पत्यार पनि थिएन । गत बर्ष गाउँपालिकाबाट टीन ल्याएर घर छाए । अहिले कुनै कुराको डर छैन ।

    ‘रातमा ढुक्कले सुत्न पाए दिनमा काम गरेर परिवार पाल्छु,’उनले भने,‘अहिले आगो, पानी र हुरीको चिन्ता छैन ।’ यो कार्यक्रम बिपन्न परिवारसँग जोडिएकाले स्थानीय तहले प्रभावकारी रुपमा अगाडी बढाए ।

    अहिले गुल्मीका रेसुंगा र मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, मदाने धुर्कोट र छत्रकोट गाउँपालिकाले लगभग खरका छानामुक्त घोषणा गर्ने अन्तिम चरणमा पुगेका छन् ।

    जिल्लाका १२ स्थानीय तहमा यो अभियान जारी छ । यो अभियान पूरा हुँदा करिब ८ हजार घरधुरी घरका छानामुक्त हुनेछन् ।

    जिल्लाका क्षेत्र नं.२ का स्थानीय तहले मात्रै अहिलेसम्म करिब चार हजार घरलाई खरका छानामुक्त गरिसकेका छन् भने करिब २० करोड बजेज खर्च गरेका छन् ।

    धुर्कोट गाउँपालिकाले पनि अहिले घोषणा गरिएको छ ।

    अहिलेसम्म करिब साढे ५ सय घर परिवारले खरको छाना हटाएर टीन लगाएका छन् । जसका लागि गाउँपालिकाले अहिलेसम्म दुई करोड बजेट खर्च गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।

    उनले स्थानीय चुनावमा भोट माग्न पुगेका खरे बस्तीहरुमा कार्यकालभित्रै टीनका छाना टल्किदा देख्न पाउँदा निकै सन्तुष्टि मिलेकोे बताए ।

    आफूहरुले कृषि र पशुपानलको माध्यमबाट जनताको आर्थिक समृद्धि पनि अगाडी बढाएकाले त्योसंगै सुरक्षित आवासको लागि खरका छाना बिस्थापन अभियानलाई प्राथमिकता दिइएको पोख्रेलले बताए ।

    मालिका गाउँपालिकामा १ हजार ४७ घर छरका छाना भएका थिए । अहिलेसम्म ९ सय २८ घरधुरी खरका छानामुक्त भएका छन् । यो वर्ष बाँकी १ सय १९ घर धुरीमा पनि टीनका छाना लगाएको छ ।

    गाउँपालिकाले अहिलेसम्म खरका छाना बिस्थापन गर्न ३ करोड ९० लाख खर्च गरेको छ । यो काम स्थानीय तहहरुले गरेकामध्येको उत्कृष्ट काम हो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार