रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

गठबन्धनको खटपट र कांग्रेसको असन्तुष्टिले विनोद चौधरीलाई सकस

परासी । गठबन्धनको खटपट र कांग्रसभित्रको असन्तुष्टिले अहिले  अर्बपति विनोद चौधरी तनावमा छन्। पार्टीभित्रका असन्तुष्ट नेता मिलाउन हम्मे-हम्मे परिरहेका बेला गठबन्धन घटक माओवादी केन्द्रबाट उम्मेदवारी दिएका प्रदेशसभा सदस्यको उम्मेदवारीले चौधरीलाई झन सकस थपेको छ।

चौधरीले नेपाली कांग्रेसबाट नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। त्यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेताका रुपमा मानिएका लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनालले टिकट पाउने पक्कापक्की जस्तै थियो। तर चौधरीले पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको बलमा टिकट हत्याउन सफल भएपछि खानाल पक्षका नेता कार्यकर्ता असन्तुष्ट छन्।

हरेक दिन चौधरी घरदैलोसहित चुनावी प्रचार प्रसारमा जमेर लागेका छन्। तर चुनावी कार्यक्रममा खनाल देखिएका छैनन्। अहिलेसम्म भएका कार्यक्रमध्ये एक दिनमात्र खनाल चौधरीको चुनावी सभा पुगेका थिए। अन्य दिनमा भने खनाल विभिन्न काम देखाउँदै चुनावी कार्यक्रममा जानबाट पन्छिने गरेका छन्।

पार्टीभित्रको असन्तुष्टिसँगै गठबन्धन घटकको माओवादी केन्द्रको असन्तुष्टले पनि चौधरीलाई चुनाव जित्नमा चुनौती थपेको विश्लेषण गरिएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रको ‘ख’मा माओवादी केन्द्रलाई दिएर चुनावमा जाने केन्द्रीय सहमति थियो। तर जिल्लामा माओवादी केन्द्रका रामानन्द यादवले उम्मदेवारी दिइसकेपछि कांग्रेसले पनि उम्मेदवारी दिएको छ। यसले गठबन्धनबीच खटपटको स्थिति छ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारलाई लिएर भोट नमागे समर्थन फिर्ता लिने अर्को पक्षका नेताले चेतावनी दिएपछि चौधरी अहिले दोधारमा छन्। सोमबारसम्म आफूलाई समर्थन नगरे चौधरीलाई पनि समर्थन गर्न नसकिने माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार एंव जिल्ला संयोजक रामानन्द यादवले बताएका छन्

माओवादी केन्द्रबाट उम्मेदवारी दिएका यादव पार्टीका जिल्ला संयोजक हुन्। माओवादीका एक पक्ष नेताले चौधरीलाई समर्थन गरेको विज्ञप्ती निकालेका छन्। तर गठबन्धनको सहमतिविपरीत चौधरीले कांग्रेसका उम्मेदवारलाई लिएर चुनावी कार्यक्रममा जाने गरेका छन्।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारलाई लिएर भोट नमागे समर्थन फिर्ता लिने अर्को पक्षका नेताले चेतावनी दिएपछि चौधरी अहिले दोधारमा छन्। सोमबारसम्म आफूलाई समर्थन नगरे चौधरीलाई पनि समर्थन गर्न नसकिने माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार एंव जिल्ला संयोजक रामानन्द यादवले बताएका छन्। त्यस क्षेत्रबाट चौधरीसँग जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावमा होमिएका छन्। त्रिपाठीलाई जसपाले पनि समर्थन गरेको छ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार एमाले, जसपा र जप्रपाको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ रहेको छ। माओवादी केन्द्रबाहेक नेपाली कांग्रेससहितको गठबन्धनको मत जोड्दा चौधरीको पक्षमा ३१ हजार ७४१ रहेको छ।

माओवादीको मत चौधरीको पक्षमा नआए त्रिपाठी ३ हजार २५८ मतले अघि छन्। त्यस क्षेत्रमा माओवादीको मत ५ हजार ३४९ छ। माओवादीको मत र असन्तुष्ट कांग्रेसको मत बिच्किए चौधरीलाई चुनाव जित्न सहज नभएको जिल्लाको राजनीति वृत्तमा विश्लेषण हुन थालेको छ। दुवै उम्मेदवारहरुको चुनावी प्रचार प्रसारलाई हेर्दा प्रतिस्पर्धा भने टक्कर भएर जाने मतदातामा चर्चा छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार