सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

बुटवल ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ । २८ सरकारको नालिबेली बताउने पुस्तक “सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली“ प्रकाशित भएको हो ।

पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन् । रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुनेछ ।

पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ । पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ । नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।

०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनःस्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थिरताको दलदलमा फस्यो । ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार को विषय पुस्तकमा समेटिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित