भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

बुटवल । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीका अनुसार ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको प्रहरीले बताएको छ ।

वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण भने शव पोस्टमार्टम तथा अन्य अनुसन्धानले खुलाउने प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित