भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

मायादेवी–८ वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

कात्तिक । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । लोसपाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका युवा नेता चौधरी सोमबार उक्त पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

उनलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, पूर्वमन्त्री कल्पना पाण्डे, राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, प्रवक्ता शिवचरन केवट, नेता नवाब मुसलमान लगायतले भैरहवामा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

त्यस्तै लोसपा जिल्ला सदस्य अमन कान्दु, नेपाली कांग्रेसका क्रियाशिल सदस्य वृजेश नाउ, सदस्य मोतीलाल लोनिया, पूर्ववडाअध्यक्ष हरिहर यादव, लोसपा सदस्य राजकुमार केवट पनि राप्रपामा प्रवेश गरेका हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित