अमरपथमा फेरी पस्यो लेदो सहितको भल (फोटाहरु) नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर) चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो मासु व्यवसायी अहिलेको अबस्थामा बधशालामा जान नसक्ने घोषणा लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने सत्तारुढ कांग्रेसमा विवाद नमिल्दा तीन महिनासम्म पनि प्रदेश सरकारले पाएन पूर्णता भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा                
समाचार :

रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

बुटवल ।
आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् ।

रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही २ मात्र नभई जिल्लामा नै तीव्रताका साथ पर्यटन विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याएका हुन् ।

पर्यटनको विकासबाट यस क्षेत्रलाई विश्वव्यापी रुपमा चिनाउने बताउँदै उनले प्रतिवद्धता पत्रमा लुम्बिनी, तिलौराकोट, रामग्राम, सैनामैना, देवदहलगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको केन्द्रमा विकास गरिने र पर्यटनलाई यस क्षेत्रको विकासको मुख्य संवाहकका रुपमा स्थापित गरिने उल्लेख गरेका छन् ।

प्रतिवद्धता पत्रमार्फत पुरानो बटौली बजार (वडा नं १ र २), जितगढी, मणिमुकुन्द सेनको दरबार, नुवाकोट गढीजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा क्षेत्रको संरक्षण र विकास गरी पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ ।

त्यसैगरी नुवाकोट, वसन्तपुरलगाएतका पहाडी भूभागलाई हिल स्टेसनमा विकास गरिने, निजी क्षेत्रद्वारा निर्माणाधीन केवलकार, रिसोर्ट, होटलजस्ता पर्यटन पूर्वाधारको निर्माण एवम् संचालनमा सहयोग पुर्याउने र ती ठाउँमा आवश्यकताअनुसार सडक, खानेपानी, संचार, विद्युत्, सुरक्षा र स्वास्थ्य चौकीलगायतका पूर्वाधारको विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै तिनाउ तथा दानव नदीमा जल पर्यटनको विकास गरिने र तिनाउ तथा दानव नदी नियन्त्रण गर्दा उपलब्ध हुने सार्वजनिक जग्गामा हरियाली पार्कलगायत पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने बँुदागत रुपमा उल्लेख गरिएको छ ।

त्यसैगरी उर्वर भूमि तथा वन क्षेत्रको उपयोग गर्दै कृषि तथा पर्यापर्यटनको विकास गरिने र सम्भाव्यताको आधारमा वन क्षेत्रमा सफारी पार्क तथा ट्रेकिङ् रुटहरु निर्माण गरिने उल्लेख छ ।

प्रतिवद्धतापत्रमा स्थानीय जनतालाई पर्यटनमैत्री बनाउन र पर्यटकहरुलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्न जनचेतना अभियान सञ्चालन गरिने र पर्यटन सेवासँग सम्बन्धित उत्कृष्ट जनशक्ति उत्पादन गर्न पर्यटन शिक्षालय स्थापना गरिने उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित यस क्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई एकआपसमा आबद्ध गर्न पर्यटक बस सेवा सञ्चालन गरिने, चिडियाखोलामा रामापिथेकसको मूर्तिसहितको रक गार्डेन निर्माण गरिने, हिल पार्कमा आधुनिक एवम् आकर्षक पूर्वाधार निर्माण गरिने, हिलपार्क, वसन्तपुर र नुवाकोटमा रुपन्देही आईको निर्माण गरिने, तिलोत्तमास्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र, सैनामैनाको बोलबम पार्क र समावेशी पार्क, बुटवलको ग्लोबल पिस पार्क, मिलन पार्क, लक्ष्मी उद्यानलगायतका पार्क एवं उद्यानहरुमा आकर्षक एंव बहुउपयोगी पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सभा भवन तथा प्रदर्शनीस्थललाई पूर्ण क्षमतामा सचालन गरी आन्तरिक पर्यटन प्रवद्र्ध्नमा समेत उपयोग गरिने, तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र सैनामैनामा राष्ट्रियस्तरको फुटबल स्टेडियमको निर्माण गरी खेल क्षेत्रलाई पर्यटन क्षेत्रको विकासमा सदुपयोग गरिने प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी बुटवलको चिडियाखोलादेखि पुष्पलालपार्कसम्मको बजार क्षेत्र र कालिका पथ लगाएतका स्थानमा पर्यटन सेवा केन्द्र, यात्रु विश्रामस्थल, सडकपेटी, हरियाली र आकर्षक, सडकबस्तीको व्यवस्थासहित, रात्रिकालीन बजार संचालन गरिने, बेलबासे, बेथरी सडक, सोह्र छत्तीस तथा चार तपाह नहर र सुख्खा खोलालाई व्यवस्थित तटबन्ध, हरियाली तथा सरसफाई र आकर्षक बत्तीसहित सौन्दर्यीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी बेलहिया, बुटवल, लुम्बिनी, तिलौराकोट, सैनामैना, देवदह र रामग्राम जोड्ने प्रमुख सडकहरुमा सौन्दर्यीकरणका साथै सडक पेटी, पर्यटक, विश्रामस्थल र पर्यटक सेवा केन्द्र स्थापना गरिने प्रतिवद्धता जनाइएको छ ।

शिवनगर सामुदायिक वनदेखि हिलपार्क, लक्ष्मीनगर, ज्योतिनगर, सिद्धबाबा, वसन्तपुर, बुटवल हाइस्कुल, मणिमुकुन्दसेन पार्क, सहश्रधारा, नुवाकोट, मिलनपार्क,पाणिनि पार्क, भैरव पार्क, हबी, शान्तिपार्क, बोलबम हिलपार्क हुँदै सालझण्डीसम्म पर्यटकीय पैदलमार्गको विकास गरिने र नुवाकोट, वसन्तपुर क्षेत्रमा जिपलाइन निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई सहयोग गरिने उल्लेख छ ।

त्यसैगरी बुटवलस्थित, पाणिनि पार्कमा परम्परागत सामग्री सङ्कलन गर्ने, सङ्ग्रहालय स्थापना गरिने र शंकरनगर सामुदायिक वनमा प्राणी उद्यान स्थापना गरिने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी बुटवल स्थित सहश्रधारालाई धार्मिक पर्यटकीय स्थलमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित