बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

बामदेवको एकता अभियानले गृहमन्त्री खाँणलाई सघाउने

  • `
  • भैरहवा । रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ ।

    उक्त पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा लोकतन्त्रबादी उम्मेदवार खाणलाई सहयोग गर्ने जनाएको हो ।

    पत्रकार सम्मेलनामा बोल्दै नेकपा राष्ट्रिय एकता अभियानका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको काँग्रेस र यसका नेता गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

    उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

    उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खाँणको पक्षमा दिने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने पनि समेत बताए ।

    यस अघि बुटवलमा अभियानले पत्रकार सम्मेलन गर्दै नेकपा एकताबद्ध बनाउन अन्तिम अवस्था सम्म प्रयत्न गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने जनाएको थियो । अभियानले पौडेललाई समर्थन गरेपनि आफ्नो समर्थन एमालेलाई नरहेको स्पष्ट पारेको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित