प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

कांग्रेस मुसिकोट पेगामा पहिरो, क्षेत्रिय कमिटि सदस्य सहित ५० बढि एमालेमा प्रवेश

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका ३ पेगामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढि एमालेमा प्रवेश गरेका छन् ।

पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवं मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य ज्ञान बहादुर जि.सि सहित ५० बढि एमालेमा प्रवेश गरेका हुन । उनीहरु सवैलाई पुर्वमन्त्री एवं गुल्मी–२ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुले जनताको मर्म, आवश्यकता र विकासको काम एमाले पार्टीले मात्र गर्ने भएकाले एमाले रोजेको बताएका थिए ।

सोही अवसरमा नेता विष्टले जनताका आवश्यकता पुरा गर्ने जिम्मेवारी एमालेले लिने बताउँदै ४ मंसिरमा हुने निर्वाचनमा सुर्यमा मतदान गर्न सवैलाई आग्रह गरे । आफु मन्त्रिमण्डलमा रहँदा वा सांसद भएको अवस्थामा गुल्मेली जनताको सिर नझुक्ने गरी काम गरेको बताउँदै नेता विष्टले जनताको सेवक बनेर फेरी काम गर्ने प्रतिबद्धता मतदाता सामु गरे ।

उनले शिक्षा, स्वास्थ्य, सडक पुर्वधार, खानेपानी, विद्यालयका भवन निर्माण, सिचाई, कुलो, मठमन्दिर लगाएका पुर्वधारमा आफुले बजेट विनियोजित गरेर धेरै कार्य भएको भन्दै बांकी काम पनि निर्वाचित हुन साथ गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित