रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

२० वर्षको उमेरमा राष्ट्रिय क्रिकेटको कप्तान

सुरुवाती दिनमा वाउण्ड्रीमा मात्र फिल्डीङ गर्ने मौका पाउने फुच्चे खेलाडीले नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । पश्चिम नवलपरासीका रोहित पौडेललाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी तोकेको हो । उनली आगामी कात्तिक २८ देखी मँसिर २ सम्म काठमाण्डौमा आयोजित यु ए इ विरुद्धको ३ एकदिवसिय खेलको सिरिजमा कप्तानको भूमिका निर्वाह गर्दै जिम्मेवारी पुरा गर्नेछन् ।

क्यानले कप्तान घोषणा गरेसँगै उनी सबैभन्दा कम उमेरमा कप्तानी सम्हाल्ने खेलाडी समेत बनेका छन् । उनको उमेर २० वर्ष ७१ दिन रहेको छ । यसअघि सबैभन्दा कम उमेरका कप्तानमा जिम्बाब्बेका टोटिन्डा टायवु रहेका थिए उनको उमेर २० वर्ष ३ सय ५८ दिन रहेको थियो ।

राष्ट्रिय टोलीको उप कप्तानको जिम्मेवारीमा रहेका पौडेल, सन्दिप लामिछानेलाई क्यानले कप्तानबाट निलम्बन गरेपछि कप्तानको जिम्मेवारी पाएका हुन् । नवनियुक्त कप्तान पौडेलले बुटवल टुडेसँग कुरा गर्दै क्यानले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । टिममा मुख्य विकेट टेकर बलर सन्दिपको कमी महशुस भएपनि खेलाडीहरुलाई मनोभावना उच्च बनाउँदै नेपाली क्रिकेटलाई माथी उठाउन आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए । आफ्नो नेतृत्वमा रहेको नेपाली क्रिकेट टोली आगामी दिनमा सकारात्मक नतिजाको लागि मेहनत गर्ने र केहि दिनपछि हुन थालेको एक दिवसीय क्रिकेट प्रतियोगितामा केन्द्रित रहने समेत बताए ।

रोहितले राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पाउँदा आफू निकै हर्षित भएको दाजु राजु पौडेलले बताए । बच्चामा कुनै सामान लिन पठाउँदा वा केहि गर्न जानको लागि हिँडने क्रममा समेत बलिङ ब्याटिङ एक्सन गर्दै हिँडदा भविष्यमा क्रिकेटर बन्छ भन्ने लागेको उनले सुनाए । रोहितलाई क्रिकेटको यो उँचाइमा पुर्याउन दाइ राजुको ठूलो योगदान रहेको उनका बाबु कुमार पौडेलले बताए ।

बुवा कुमार पौडेल भारतीय सेनामा सेवारत रहँदा भारतमै ब्याट बल समाउन सिकेका पौडेलले नवलपरासीको गोपिगंज क्षेत्रका चौरमा क्रिकेटका सुरुवाती दिनहरु विताएका थिए । आफ्नो उमेर समुहका खेलाडी साथी नभएपछि उनी दाइ खेलाडीहरुको पछि लागेर नवलपरासीका विभिन्न प्रतियोगितामा पुग्ने नवलपरासीका पूर्व खेलाडी सरोज यादवले बताए । “सानो फुच्चे भाइ क्रिकेट खेल्छु भनेर हाम्रो पछि लागेर मैदान सम्म पुग्ने गर्दथे, हामीले पनि उसको रहर पुरा गर्न बाउन्ड्रीमा फिल्डीङ गराउथ्यौँ तर उनको खेलप्रती निकै लगाव थियो ।” हाल जापानमा रहेका यादवले भने “खेल प्रति रोहितको लगावले नै अहिले यो उँचाइमा पुग्न सफल भएका छन, अनुशासन र खेल प्रति उनी जहिले पनि निकै सजक रहन्थे ।”

भारतमा बाल्यकाल विताएका पौडेल सन २०१२ मा नेपाल आएपछि ११ वर्षकै उमेरदेखी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन थालेका थिए । उमेरमा कम र उँचाइमा फुच्चे भएपनि रोहितको उत्कृष्ट खेलका कारण सिनियर खेलाडीहरुसँग नवलपरासी, पाल्पा, रुपन्देही कपिलवस्तु जिल्लामा गएर प्रतियोगितामा सहभागी भएर टिमलाई जित दिलाएका छन । उनी सातौँ राष्ट्रिय प्रतियोगितामा नवलपरासीबाट सहभागी भइ टिमलाई तृतिय स्थानसम्म पुर्याउन योगदान गरेका थिए ।

चार वर्ष स्थानीय प्रतियोगिताहरुमा दाई खेलाडीहरुको साथ लागेर प्रतियोगितामा सहभागी हुन जाने पौडेल २०१६ मा क्यान नवलपरासीले भैरहवामा ट्यालेन्ट हन्टको खोजीमा छनौट गरेपछि उनको क्रिकेटको ब्यवशायिक यात्रा सुरु भएको थियो । यस विच उनी बालुवाटार क्रिकेट एकेडेमीमा प्रशिक्षण समेत लिएका थिए ।

ट्यालेन्ट हन्टमा नेपालभरबाट उत्कृष्ट ५२ मा पर्न सफल पौडेल यु १९ लागि उत्कृष्ट १६ खेलाडीमा छनौट भएपछि उनी देशको प्रतिनिधित्व गर्दै सन २०१६ मा श्रीलँकामा आयोजित यु १९ प्रतियोगितामा सहभागी भए र पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै भारत विरुद्ध ६८ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यु १९ को प्रमुख खेलाडी भइरहँदा उनी १६ वर्षकै उमेरमा सिनियर राष्ट्रिय टोलीको सदस्य भएका थिए । तत्पश्चात देशको राष्ट्रिय टिमको सदस्यको रुपमा रहँदै आइरहेका छन् ।

१६ वर्षमै नेदरल्याण्ड विरुद्ध एकदिवसीय प्रतियोगितामा सहभागी भएका पौडेलले एकदिवसिय क्रिकेटमा कुल २५ प्रतियोगिता खेल्दै ८ सय ८ रन बनाएका छन् भने उनले १ सतक र ५ अर्धसतक प्रहार गरेका छन । यस्तै टि ट्वान्टी प्रतियोगितामा २१ खेलबाट ३ सय ७६ रन बनाउँदै १ अर्धशतक प्रहार गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार